Dabali News

भागवत विद्यालय निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ

९ असार

काठमाडौं । नेपालमा ‘भागवत विद्यालय’ स्थापनाका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइएको छ ।

विश्व शान्ति अभियान नेपाल र नेपाल गृहस्थ धर्मसेवा सदनको संयुक्त आयोजनामा आजदेखि सामाखुशीको टाउन प्लानिङस्थित विनायक मन्दिरमा महायज्ञ शुरु गरिएको हो ।

महायज्ञमा आचार्य श्रीरामचन्द्र पौडेल र तुलसीराम पोखरेलले कथा वाचन गर्ने कार्यक्रम छ । असार १७ गतेसम्म सञ्चालन हुने महायज्ञमा आज कलशयात्रा र भागवतको शुरुवात गरिएको हो ।

भागवत पढ्न भारतको बृन्द्रावनमा जानुपर्ने अवस्था आएकोमा नेपालमा नै भागवत विद्यालय स्थापना गर्न सकिए नेपालीलाई सजिलो हुने भएकाले महायज्ञ लगाइएको विश्व शान्ति अभियान नेपालका अध्यक्ष मुरलीधर पोखरेलले जानकारी दिए । उक्त विद्यालय काठमाडौँमा स्थापना गरिने पनि उनले बताए ।

हाल नेपालीहरु भारतको बृन्द्रावनमा गुरुपूर्णिमाको दिनमा गएर अर्को वर्षको गुरुपूर्णिमाका दिनसम्म भागवत पढेर आउने गरेका छन् । महायज्ञसँगै पितृमोक्ष यज्ञसमेत लगाइने अध्यक्ष पोखरेलले बताए ।

उक्त महायज्ञका लागि दिदीबहिनी समूह र संस्कार समाज नेपाललगायतका संघ संस्थाले सहयोग गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]