आज :

नेकपाका रामेछाप इन्चार्ज ढुंगेलसहित तीन नेता गिरफ्तार 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका रामेछाप जिल्ला इन्चार्जसहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुलाई सोमबार दिउँसो काभ्रेबाट प्रहरीले गिरफ्तार गरेको हो ।

एनसेल टावरमा आगो लगाएक आरोपमा प्रहरीले इन्चार्ज यादव ढुंगेललाई गिरफ्तार गरेको काभ्रे प्रहरीले बताएको छ । काभ्रेको धुलिखेल–५ स्थायी घर भएका ढुंगेललाई काभ्रेको भुम्लु गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोप छ।

यसअघि ईलाका प्रहरी कार्यालय बनेपाले शुक्रबार राति नेकपाका दुई काभ्रे जिल्ला सदस्य अनिल रायमाझी र सुन्दर रायमाझीलाई पनि प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७६ बैसाख १ गते नेकपाले आह्वान गरेको नेपाल बन्दको क्रममा पनौती–७ खोपासीमा विष्फोटक पदार्थ राखेर आंतक सृजना गरेको आरोपमा गिर‌फ्तार गरेको प्रहरीले बताएको छ । दुबैलाई जिल्ला अदालत काभ्रेबाट ७ दिनको म्याद थप गरेर अनुशन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal