आज :

सहमतिको केही घण्टामै इजरायलको युद्धविराम विरोधी गतिविधि, रफाह नाकामा सेना तैनाथ

  • अनलाइन डबली

काठमाडौँ । हमाससँग गरेको युद्ध बिरामको मसी सुक्न नपाउँदै इजरायलले त्यस विरोधी गतिविधि सुरु गरेको छ । इजरायलले हमासले उपयोग गरेको बताउँदै आएको इजिप्ट र गाजा बीचको रफाह सीमा नाका कब्जा गरेको छ ।

एकातिर युद्धबिराम अर्कोतिर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आफ्ना सेनालाई मैदानमा उतारिरहेका छन् । अन्तर्राष्ट्रिय समुदायको चर्को दबाबमा रहेको इजरायलका नेतान्याहूले इजरायली सैनिकहरु अत्याधुनिक हतियारसहित रफाह सीमा नाका पठाएका थिए ।

हमासले कतारको मध्यस्थतामा युद्धविराम सम्झौतालाई स्वीकार गरेको थियो, त्यसको केही समयपछि इजरायलले रफाह नाका बब्जा गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । सहमतिअनुसार हमासले ३३ बन्धकहरुलाई रिहा गर्ने र एक बन्धक बराबर इजरायलले ६० प्यालेस्टिनीहरूलाई रिहा गर्नुपर्ने छ । महिला, बालबालिका र ५० वर्षभन्दा माथिका वृद्धहरूलाई पहिलो प्राथमिकतामा राखेर दुबै पक्षले बन्धकलाई रिहा गर्नुपर्ने उल्लेख छ ।

सुरुमा युद्धविरामेका प्रस्ताव गरेको इजरायलले अहिले कतार, इजिप्ट र अमेरिकी अधिकारीहरूको पहलमा भएको युद्धविराम सम्झौतालाई अस्वीकार गरेको छ ।

इजरायली सेनाले सोमबार र मङ्गलबारको बीचमा दक्षिणी गाजा र रफाहमा जना नागरिकको हत्या गरेको छ । इजरायली सेनाले रफाहको अल अबरार मस्जिदमा पनि हमला गरेको छ । जहाँ गाजामा निरन्तरको हमलाबाट बच्न स्थानीय सो स्थानमा आश्रय लिइरहेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal