काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वीर अस्पताल पुगेर दाँतको उपचार गराएका छन् ।
बुधबार बिहानैदेखि दाँत दुखिरहेपछि प्रधानमन्त्री प्रचण्ड वीर अस्पताल पुगेर उपचार गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार दाँतमा कुनै गम्भीर समस्या छैन ।
प्रधानमन्त्रीको दाँचको उपचार डा. ऋतु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टोलीले उपचार गरेको थियो ।