आज :

प्रभु बैंक र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलबीच विशेष छुट सम्झौता

  • अनलाइन डबली

काठमाडौँ । प्रभु बैंक लिमिटेड र न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रा.लि. (ल्ऋःज्एी) बीच विशेष छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बिराटनगर–८,मोरङ्ग स्थित अस्पतालेको अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक सिटिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिक सर्जरी, एमआरआई, प्रसुतितथा स्त्रीरोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

यो विशेष छुट बैंकका ग्राहक र कर्मचारीहरुले पाउनेछन् ।

बुधबार एक समारोहबीच अस्पतालका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्वारा अस्पताललाई भुक्तानी गर्नुपर्नेछ ।

नेपालको निजी क्षेत्रवाट सञ्चालित उक्त अस्पतालले निरन्तर स्तरीय न्यूरो कारडियो सम्बन्धित स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । यस अस्पतालमा आकस्मिक उपचारदेखि सघन उपचारलगायतका स्वास्थ सेवाहरु उपलब्ध छन् ।

सम्झौता अनुसार अस्पतालमा विभिन्न स्वास्थ्य परिक्षणका प्याकेजहरुमार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथा उपचार सेवाहरुमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा शेयरहोल्डरलाई १०∞ र प्रभु बैंकका कर्मचारीहरुलाई १५∞ सम्मको छुट व्यवस्था रहेको छ ।

‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नारा बोकेको बैंक हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको थियो । बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाखभन्दा बढि ग्राहकहरुलाईसाथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal