आज :

पुटिनको पाँचौं कार्यकाल झन् शक्तिशाली

  • अनलाइन डबली

काठमाडौं । भ्लादिमिर पुटिनले पाँचौं पटक रुसको राष्ट्रपति पदको सपथ लिएका छन् ।

हालै भएको आम चुनाव जितेका पुटिन नै रुसको राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनले क्रेमलिनमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ ग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै पुटिनले रुसको नेतृत्व गर्नु पवित्र कर्तव्य भएको बताए । उनले यो कठिन समयपछि रुस फेरि बलियो हुने बताएका छन् ।

सपथपछि पुटिनले रुस अन्य देशसँग सम्बन्ध विकास गर्न तयार रहेको बताए । रुसले हरेक खतरा र चुनौतीको उचित जवाफ दिन तयार रहेको पनि बताए ।

चुनावमा करिब ९० प्रतिशत मत प्राप्तका आधारमा पनि पुटिनको पाँचौं कार्यकाल झन् शक्तिशाली भएको छ ।

युक्रेनलगायत पश्चिमा देशहरुलाई हेर्ने पुटिनको नजरलाई रुसी जनताले अत्याधिक मतका साथ समर्थन गरेसँगै उनि थप शक्तिशाली भएको बताइएको छ ।

राष्ट्रपति पुटिनले आफूले पाँचौं पटक शपथ लिनुअघि युक्रेन सीमा क्षेत्रमा रहेका सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका थिए । यसले पनि युक्रेन मिसनलाई पूरा गर्न पुटिन झन् आक्रमक बन्ने देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले विश्लेषण गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal