आज :

पत्रकार कुटपिटको बिरोधमा आन्दोलन

धनगढी । पत्रकारमाथि भएको कुटपिटको बिरोधमा कैलालीका पत्रकार आन्दोलित भएका छन् ।

ब्यापारीबाट स्वतन्त्र रुपमा काम गर्ने वातावरण नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आइतबार धनगढीका पत्रकार जनक विष्टमाथि सार्वजनिक ठाउँमा नै ब्यापारिले कुटपीट गरेपछि पत्रकारले जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार दिउँसो धर्ना दिएका छन् ।

विष्टलाई धनगढीको त्रिनगर माध्यामिक विद्यालयका प्रधानाध्यापकको कार्यकक्षमा बाहिरबाट आएका ब्यापारी तेजेन्द्र थापाले कुटपिट गरेका थिए । प्रेसमाथिको आक्रमण बन्द गर, पत्रकारलाई कुटनेलाई कार्यवाही गर, प्रेस स्वतन्त्राको ग्यारेण्टी गर लगाएतका नारा लगाउँदै धनगढी पार्कमोडबाट सुरु भएको र्याली जिल्ला प्रशासन कार्यालय कैलालीमा पुगेर धर्नामा परिणत भएको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बमको नेतृत्वमा विरोध प्रदर्शन भएको छ । उनले प्रेसमाथि भएको आक्रमणले गर्दा काम गर्ने वातावरण खलबलिएको भन्दै प्रशासनले अपराधिलाई कानुनी कार्यावाही गर्नुपर्ने बताए ।

कैलालीमा पत्रकारमाथि श्रंखृलावद्ध आक्रमण भएकाले राज्यले सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने पनि उनले बताए । पत्रकार विष्टलाई कुट्ने तेजेन्द्र थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । धर्नापछि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले पत्रकारको सुरक्षाको लागि राज्य गम्भीर भएको बताए । उनले प्रेसमाथि आक्रमण गर्ने जोसुकै भएपनि कानुन अनुसार कार्यवाही हुने विश्वास दिलाए ।

यस्तै प्रहरीले पत्रकार कुट्ने थापामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता भैसकेको बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal