Dabali News

विश्वमै लोपन्मुख हिँउ चितुवाको गणना शुरु

१९ बैशाख

काठमाडौँ । राष्ट्रिय निकुञ्ज शे-फोक्सुन्डो क्षेत्रमा विश्वमै लोपन्मुख बन्यजन्तु हिँउ चितुवाको गणना शुरु भएको छ ।

नेपालकै सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जमा विश्व बन्यजन्तु कोषको आर्थिक सहयोगमा शे–फोक्सुन्डो राष्ट्रिय निुकञ्ज डोल्पाले गणना शुरु गरेको हो ।

विश्व बन्यजन्तु कोष, शे–फोक्सुन्डो निकुञ्ज, हिँउ चितुवा संरक्षण समिति सहित ३३ जनाको अध्ययन टोली १३ वैशाखमा निकुञ्ज कार्यालय सुलिगाडबाट बनतर्फ हिँडिसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामदेब चौधरीले बताएका छन् ।

उनका अनुसार अध्ययन टोलीले एक महिनालगाएर हिँउ चितुवाको गणना गर्नेछ । क्यामेरा ट्रयाप र दोहोरो गणना विधीद्धारा गणना गरिने छ । हिँउ चितुवासँगै आहारा प्रजातिको रुपमा रहेको निल भेडा (नावर) को समेत गणना गरिने बताए ।

शेरेन श्रेष्ठ, समुन्द्र लिम्बु र छिरिङ्गलामा रहेको प्राबिधिक अध्ययन टोलीले हिँउ चितुवा र नावर पाइने विभिन्न स्थानहरूमा क्यामेरा राखेर अध्ययन शुरु गरेको हो ।

एक महिनामा गरिने गणनामा लोपन्मुख बन्यजन्तु हिउँ चितुवाको संख्यात्मक वृद्धि वा घटेको बारेमा टोलीले अध्ययन प्रतिवेदन तयार पारि काठमाडौं फर्केपछि सार्वजनिक गरिने बताइएको छ । शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज संरक्षण वन क्षेत्र लोपन्मुख बन्यजन्तु हिँउ चितुवा धेरै पाइने स्थानमा पर्दछ ।

]विश्वमा नै हिउँ चितुवाको घनत्व सबैभन्दा बढी भएको क्षेत्र शे – फोक्सुन्डो राष्ट्रिय निकुञ्जको लंगु उपत्यका रहेको निकुञ्जले तयार पारेको वार्षिक प्रतिवेदन २०७०-०७१ मा उल्लेख छ । निकुञ्जको वार्षिक प्रतिवेदन अनुसार शे – फोक्सुन्डो निकुञ्ज वन क्षेत्रमा १३० को संख्यामा हिउँ चितुवा रहेको र यो संख्या नेपालका निकुञ्जहरू मध्येमा सबैभन्दा बढी हो ।

निकुञ्जमा हिउँ चितुवा, कस्तुरी, मृग जस्ता अत्यन्तै दूर्लभ बन्यजन्तुहरू लगायत ३२ प्रजातीका स्तनधारी,२०० भन्दा बढी प्रजातीका चराहरू, २८ प्रजातीका पुतली, ६ प्रजातीका घस्रने जीवहरू र बिभिन्न ४१७ प्रजातीका बनस्पतिहरूको आश्रम स्थलको रुपमा निकुञ्ज परिचित रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]