Dabali News

ब्लड मनी जुट्यो, टोपबहादुर नयाँ जीवन पाएर नेपाल फर्कन पाउने

१७ बैशाख

काठमाडौँ । चितवनका टोपबहादुर बिकलाई नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए) युएईले १ लाख दिराम (करिब २९ लाख रुपैयाँ) बल्ड मनी नेपाली दूतावास युएईलाई बुझाएको छ ।

एनआरएन युएईले शनिबार नेपाली दूतावास अवुधावीमा एक कार्यक्रम गरि उक्त रकम कार्यवाहक राजदूत सागर फुँयाललाई हस्तान्त्रण गरेको हो ।

युएईको अल एन स्थित लिमा कन्ट्याक्टिङ एलएलसी कम्पनीमा काम गर्ने टोप बहादुर ४ बर्ष पहिले २०१४ जुन २ तारिकका दिन काम गरिरहेको बेला क्रेन दुर्घटनामा परेका थिए । पाकिस्तानी नागरिकले चलाएको क्रेन दुर्घटनामा परेर २ जना थाई नागरिकको मृत्यु भएको थियो । घटनामा संलग्न भएको भन्दै क्रेन अपरेटर पाकिस्तानी नागरिक र क्रेन अपरेटर सहयोगी टोपबहादुर बिक ४ महिना २२ दिन जेल समेत बसेका थिए ।

युएईको अदालतले मृतकका परिवारलाई ब्लडमनी स्वरुप ४ लाख युएई दिर्हाम दिनुपर्ने फैसला सुनाएको थियो । जसमध्ये २ लाख दिर्हाम टोपबहादुरले काम गरेको कम्पनीले दिनु पर्ने र बाँकी २ लाख क्रेन अपरेटर (पाकिस्तानी नागरिक) र टोपबहादुरले १–१ लाख दिराम ( झण्डै २९ लाख रुपैयाँ) गरि दिनु पर्ने थियो ।

उनको उद्दारको लागि नेपाल सरकारले पनि रकम उपलब्ध गराउन नसक्ने बताए पछि एनआरएन युएईले सहयोग संकलन अभियान चलाएको थियो । युएईमा कार्यरत नेपालीहरु र नेपाली संघसंस्थाहरुसंग समन्वयन गरेर एनआरएन युएईले उक्त रकम संकलन गरेको हो ।

’धेरै प्रयास र मेहनत पछि टोपबाहादुरलाई नेपाल पठाउन पाउने भएका छौ’, एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठले भने,’यो बल्ड मनि संकलन अभियानमा साथ दिनुहुने युएईमा कार्यरत नेपालीहरु, सबै संघ संस्था र नेपाली दूतावासलाई धन्यवाद दिन चाहान्छु ।’ एउटा ऐतिहासिक काम गर्न सफल भएकोमा श्रेष्ठले खुसी ब्यस्त गरे ।

टोपबाहादुरलाई नेपाल पठाउन पाउनु भनेको युएईमा धेरै संघ संस्था छन तर काम गर्दैनन भन्नेहरुका लागि गतिलो उदाहरण भएको श्रेष्ठले बताए । अब छिट्टै कानुनी प्रकृया पुरा गरि टोपबहादुर नेपाल फर्काउने युएई स्थित नेपाली दूतावासले जनाएको छ । नयाँ जीवन पाएर नेपाल फर्कन पाउने भएपछि टोपबहादुरले सबै नेपालीहरुलाई धन्यवाद ब्यक्त गरेका छन ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]