
३० चैत
काठमाडौँ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौँ गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।
प्रदेश नं.७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय ग¥यो । निर्धारित २० ओभरको खेलमा धनगढीले ४ विकेट गुमाउँदै १८१ रन बनायो ।
धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा ३ छक्का र ८ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै ४ छक्का र ४ चौका हाने । सोमपाल कामीले अविजित रहँदै ८ रन बनाए ।
बलिङतर्फ काठमाडौँका लागि सुबोथ भाटीले २ तथा सन्नी पटेलले १ विकेट लिए । अहिले काठमाडौँ गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ ।