आज :

किम-ट्रम्प वार्ताः ट्रम्पले भने- किमजोङ महान् नेता, उत्तर कोरिया सम्पन्‍न देश

काठमाडौँ । उत्तर कोरियाली नेता किमजोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता सुरु भएको छ । पहिलो दिनको वार्ता विहीबारसम्मको लागि सम्पन्‍न भएको छ ।

भियतनामको एक तारे होटलमा डिनरपछि सुरु भएको वार्ता सुरु भएको हो । आजको वार्ता सम्पन्‍न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोइस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो । त्यसपछि उहाँहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी बन्नुभएको थियो ।

आजको वार्तामा सामान्य भलाकुसारीको साथै संक्षिप्तमा कुरा भएको छ । भोलि हुने वार्तामा बिस्तृत छलफल हुनेछ । दुबै देशका अधिकारीहरुले बताएका छन् ।

औपचारिक रुपमा वार्ताअघि दुबै नेताले संचारकर्मीसँग संक्षिप्त कुरा गरेका थिए । (पहिलो वार्तामा झैं दुबै नेताले हात मिलाएका थिए ।
ट्रम्पले संचारमाध्यमहरुकै अगाडि किमजोङको खुलेर प्रसंशा गरे । उनले किमलाई महान् नेता भन्दै उत्तर कोरियासँग ठूलो आर्थिक क्षमता भएको समेत बताए । सोही क्षमताका कारण उत्तर कोरियाले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने बताएको सीएनएनले समाचारमा उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्राम्पले भने, “मलाई लाग्छ तपाईंको देशको ठूलो आर्थिक क्षमता छ । तपाईंको देशको लागि एकदम ठूलो भविष्य हुनेछ, तपाईं एक महान नेता हुनुहुन्छ ।” ट्रम्पले त्यसको लागि किमलाई आफूले सहयोग गर्ने समेत बताए ।

पहिलो वार्ता भन्दा यो पटक नेता किमजोङ पनि खुलेर कुरा गरेका थिए । उनले वार्ता सफल हुने विश्वास व्यक्त गर्दै त्यसको लागि सबै बाधाहरु हटाउन आफूहरु तयार रहेको बताए ।

भियतनाम सरकारले वार्ता स्थलको सुरक्षा व्यवस्था कडा बनाएको छ भने दुबै नेतालाई भब्य स्वागत गरिएको थियो । सडकमा झाँकीसँगै होटलको मुल ढोकादेखि वार्ता स्थलमसम्म ट्रम्प र किमजोङका विभिन्न तस्वीर सजाइएका छन् ।

डिनर तथा वार्ता स्थलमा सिमित पत्रकारहरुलाई मात्रै अनुमति दिइएको थियो । संवेदनशीलताको कारणले गर्दा सबै पत्रकारहरुलाई उक्त स्थानमा जान अनुमति नदिएको ट्रम्पका प्रेस सचिव सारा स्यान्डर्सले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal