Dabali News

मुख्यमन्त्री भट्ट भन्छन्- हिंसा न्यूनिकरणका लागि चेतनाको आवश्यकता

४ चैत

कैलाली । मूख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने हिंसात्मक घटना न्यूनिकरणका लागि सामाजिक चेतनाको विकास हुनु पर्ने बताएका छन्

बैतडीको पाटनमा शनिबार भएको ‘महिला हिंसा न्यूनिकरणमा प्रदेश सरकारको भूमिका’ विषयक टेलिभिजन कार्यक्रम समकोणमा ।  बोल्दै भट्टले भने, ‘प्रदेश सरकार हिंसात्मक घटना न्यूनिकरण गर्न प्रतिवद्ध रहेको र हिंसा न्यूनिकरणका लागि कडाईका साथ कानुनी व्यवस्थाको पालना गर्नुपर्छ ।’

संघीयताको जग मजबुत बनाउने प्रमुख दायित्व कर्मचारीको भएकाले आफ्नो कर्तव्य पूरा गर्न दत्तचित्त भएर लाग्न कर्मचारीहरुलाई निर्देशन दिएको मुख्यमन्त्री भट्टको सचिवालय बताएको छ । उनले जनताको सेवामा जनप्रतिनिधि र कर्मचारी लाग्नु पर्ने बताउँदै राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डित गर्ने बताए ।

मुख्यमन्त्री भएपछि पहिलो पटक बैतडी पुगेको भट्टको भव्य स्वागत गरिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]