आज :

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु, देशभर चिसो बढ्यो

  • अनलाइन डबली

काठमाडौं । मौसममा बदली आएसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । हिमपात भएपछि चिसो बढेर लेकाली क्षेत्रको जनजीवत प्रभावित भएको छ ।

ताप्लेजुङको पाथीभरा र आसपास क्षेत्र, इलामको सन्दकपुर लगायत क्षेत्रमा हिमपात भएको हो ।

वर्षापछि ती क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । स्थानीय लाक्पा शेर्पाका अनुसार इलामको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायत क्षेत्रमा हिमपात भएको छ ।

हिमपातपछि चिसो निकै बढेको उनको भनाइ छ । गत बिहीबार दिउँसोदेखि नै ती क्षेत्रमा हिमपात हुन थालेको हो ।

३ हजार ६ सय ३६ मिटर उचाइमा रहेको सन्दकपुर क्षेत्र कोशी प्रदेशको प्रमुख पर्यटकीयस्थल मध्येको एक हो ।

हिमपात भएपछि त्यस क्षेत्रमा घुम्न जाने र हिउँमा खेल्नेहरु आकर्षित हुने गरेका छन् ।

वर्षा र हिमपातपछि स्थानीय किसान खुसी भएका छन् । आफूहरुले लगाएको बालीनाली सप्रने भएकाले उनीहरु उत्साहित छन् ।

उता, ताप्लेजुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पाथीभरा क्षेत्रमा पनि वर्षा र हिमपात भएको छ ।

हिमपात भएपछि तीर्थयात्रुहरु प्रभावित बनेको स्थानीय जीवन खतिवडाले बताए ।

मौसम परिवर्तन भइरहेकाले तराई क्षेत्रमा हुस्सु लाग्न थालेको छ । दुई दिनयता बेला बेला वर्षा हुने र धुम्म हुने गरेकाले तराईका जिल्लामा पनि चिसो बढेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal