आज :

बागलुङ जाँदै एमालेको ‘समृद्धिका लागि संकल्प’ अभियान

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेले यही मंसिर १४ गतेबाट सञ्चालन गरिरहेको  ‘समृद्धिका लागि संकल्प’ पदयात्राको सातौँ दिन आज बागलुङ प्रवेश गर्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउँदै जनताकाका समस्या सुन्न हिँडेको टोली वुधवार बागलुङ पुग्ने र बिहिवारसम्म विभिन्न पालिकामा जनसभा र भेटघाटका कार्यक्रम गरिने एमाले बागलुङ जिल्ला कमिटीले जनाएको छ ।

अध्यक्ष ओलीसहित एक सय ५० नेताको समूहलाई आज पातीहाल्नेमा पार्टी जिल्ला कमिटी र प्रदेश कमिटीले स्वागत गर्ने कार्यक्रम छ ।

आज गलकोटसम्म हुने सङ्कल्पयात्रा भोलि दिउँसो बागलुङ जिल्ला सदरमुकाममा संवाद कार्यक्रम रूपान्तरण हुने एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले जानकारी दिए ।

जलस्रोतको भण्डार, जैविक विविधताको खानी तथा बढी जनसंख्या बसोबास रहेको मध्यपहाडी क्षेत्र नै समृद्धिको बलियो आधार रहेकाले एमालेले संकल्प यात्रा पहाड केन्द्रित गरेको जनाएको छ ।

मध्यपहाडी लोकमार्गका परिकल्पनाकार आफ्नै पार्टी भएको तथा लोकमार्गसँग देशेको आर्थिक, सामाजिक, सांस्कृतिक महत्व झल्किने भएकाले राजनीतिक दृष्टिले पनि सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिनेगरी सो कार्यक्रम गर्ने एमालेले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal