काठमाडौँ । नेपाल वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाइ हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ । आज ३ डिसेम्बर, २०२३ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर आजैको दिन देखि लागू हुने गरि रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचय पत्र लिएका यात्रुहरुको लागि निगमको हरेक आन्तरिक उडानमा पहिलो प्राप्तको आधारमा दुई जना यात्रुलाई हवाई भाडामा यो छुट दिने निर्णय गरेको हो ।
निगमले उक्त सुविधाको लागि सम्बन्धीत यात्रुले आफ्नो अपाङ्गता सक्कल परिचय पत्र सहित निगमको कार्यालयमा सम्पर्क राख्नुपर्ने जनाएको छ ।