आज :

जित क्षेत्री बने तरुण दलको केन्द्रीय सदस्य

  • अनलाइन डबली

काठमाडौं । हालै सत्तारुढ नेपाली काँग्रेसको निकट नेपाल तरुण दलको केन्द्रिय तदर्थ समितिले हुम्लाबाट जित क्षेत्रीलाई पनि केन्द्रीय सदस्यमा चयन गरेकोे छ । नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीति यात्रा शुरु गरेका क्षेत्रीले हुम्ला जिल्लाको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य बनेका हुन् ।

नेपाल विद्यार्थी संघको राजनीतिमा झण्डै साढे एक दशक अघि पशुपति कलेजबाट विद्यार्थी राजनीतिको यात्रा सुरु गरेका क्षेत्री पार्टी भातृसंगठनको पहिलो पटक केन्द्रिय सदस्यको जिम्मेवारी पाएका हुन् । मान्छेमा आत्म बिश्वास, मेहनती , दृढता र धैर्यता गरे अवश्य सफल भइन्छ भन्ने यो जिम्मेवारीले थप आत्म बल बढाएको क्षेत्रीले बताए ।
आफूलाई जिम्मेवारी दिने हुम्ला जिल्लाको मात्र नभएर सिङ्गो कर्णाली प्रदेशका अभिभावक पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीलाई बिशेष धन्यवाद समेत दिएका छन् । उनले पार्टी सभापति, माननीय लगायत जिल्लाका सम्पुर्ण नेताहरुलाई पनि धन्यबाद दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal