आज :

विद्यार्थीको बीचमा आफ्नो जन्मदिनको खुसी बाँडे महताराले

  • अनलाइन डबली

कालिकोट । तिलागुफा नगरपालिका–१ स्थित मालिका माध्यमिक विद्यालयका ८५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त सामग्री तिलागुफा नगरपालिकामा कार्यरत कर्मचारी तथा विद्यालयका पूर्वविद्यार्थी लोकन्द्र महताराले आफ्नो जन्मदिनको अवसर पारेर वितरण गरेका हुन्।

कार्यक्रममा महताराले विद्यार्थीलाई कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गर्दै विद्यालय जीवनको मीठो सम्झना व्यक्त गरे। “यो विद्यालयले मलाई शिक्षाको आधार दिएको हो, त्यसैले जन्मदिनलाई मात्र व्यक्तिगत खुसीको रूपमा नभई सामूहिक लाभ हुने गरी मनाउन चाहें,” उनले भने।

विद्यालयका प्रधानाध्यापकले महताराको योगदानलाई सराहना गर्दै यस्तो कार्यले विद्यार्थीमा अध्ययनप्रति उत्साह जगाउने विश्वास व्यक्त गरे। कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थीको  उपस्थिति रहेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal