
पदम श्रेष्ठ –
आठ सय मिटरको बाटो बनाउन तीन वर्ष भन्दा बढी लाग्दापनि बन्न सकेन किन होला भनियो भने सबैले सोच्लान कि दुर्गम सुदुर पुर्व वा सुदुर पश्चिमको विकट गाउँ होला त्यसैले भन्ने जवाफ आउँछ निश्चयपनि तर होईन यो सत्य तथ्य हो राजधानी काठमाडौंको मुटु
नारायणहिटी राजदरवार संग्रहालय र प्रधानमन्त्री निवास वालुवाटार जोडिएको वडा काठमाडौं महानगरपालिका २ को भित्री बस्तीमा बन्दै गरिरहेको सहायक मार्गको ।
गैहीधारा गोमा गणेश पेटेलपम्पदेखि ऐतिहासिक सम्पदा क्षेत्र निलसरस्वतीथान सम्मको आठसय मिटरको बाटो बनाउन यसरी बर्षौ समय लगाएपछि स्थानिय बासिन्दाहरुले आजित हुँदै जनप्रतिनिधिहरुको लख काट्न थालेका छन् कामभन्दा नाम ठुलो भन्दै ।
कामपा २ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको वडाबासीले त्यसै लख काटेका होईनन् , लाजिम्पाट महाराजगञ्जको मुल सडक र गैह«ीधाराबाट प्रधानमन्त्री क्वाटर वालुवाटार पुग्ने केन्द्रिय मुल सडक बाहेक वडाले बनाउनु पर्ने भित्री सहायक तथा निल सरस्वतीको सम्पदा मार्ग किन तीन चार वर्षदेखि नै अलपत्र भनेर प्रश्न गर्ने हो भने जो कसैलाई पनि एउटै रेडिमेट जवाफ फर्काउने गर्छन कि म वडामा हिलो कुल्चिएर आउनोस एक हजार रुपियाँ लानोस भन्ने गरी पुरस्कार दिने तयारीमा लागिरहेको छुँ । तर वडाले टुकुचा नदिलाई व्यवस्थापन गर्ने भन्दै थालिएको ढल र बाटोको निर्माण लागत कति , कुन ठेकेदार कम्पनीले जिम्मामा लिएको हो कति समयमा सिध्याउने हो र कुन क्वालिटीको के बन्दै छ भन्ने बारे विवरणको बोर्ड नराखिकनै अकस्मात विना सुचना कार्य थाल्ने गरेको देखिन्छ भने ठेकेदार र बडाका विच कुरा नमिल्ना साथ अलपत्र छाड्ने गर्नाले स्थानियहरु पिडित हुनुपरिरहेको बताएकाछन् । पानी पर्दा हिलो र सुख्खा हुदाँ धुलो उडेर घर पसल भित्रै वस्न नसक्ने भएपछि पटक पटक वडामा ताकेता गर्दा पनि कुनै ध्यान नदिको भन्दै स्थानियहरुले विद्रोहको तयारी गर्नु परेको बताएका हुन् । मेयर बालेन शाहले एक वर्ष भित्र थालिएका २५ वटा असल कार्यहरुमा बाटोको खाल्टाखुल्टी पुर्न मोवाईल कर्मचारी खटाएको ईन्टरनेट ,युटयुब लागयतकासञ्जाल मार्फत सार्वजनिक गर्नु भएको छ तर कामपा वडा नं २ भित्रको सहायक मार्ग हेर्दै जाने हो भने वडा भवनदेखि सरकारी धारा हुँदै निलसरस्वती स्थानसम्म , गैह«ीधारा पेट्रोल पम्पदेखि निलसरस्वती
स्थानसम्म र निलसरस्वतीस्थानदेखि खुर्सानीटार जानोस वा दिल्लीरमण रेग्मी पुस्तकालय पुग्नोस सग्लो निर्माण सम्पन्न सडक कतै पाउनुहुन्न ।
जुन तथ्यलाई न मेयर वालेनको मोवाईन मर्मत भ्यानले देख्यो न त स्थानिय जनप्रतिनिधि वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले पिडित वडाबासीहरु गुनासो पोख्छन् । यस सम्वन्धमा वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई पटक पटक सम्पर्क राख्दा उहाँले आफु वडाको कुनैपनि स्थानमा धुलो कुल्चिएर आउनेलाई एक हजार रुपियाँ पुरस्कार दिने घोषणाको तयारीमा रहेको हास्यास्पद जवाफ फर्काउनु भयो तर कहिले देखिको जवाफमा जव केवुल , मेलाम्ची खानेपानी , विजुलीले काम सिद्धाएर पिच भएपछि भन्ने अर्को ब्यङग्य जवाफ फर्काउँछन् । स्थानिय सरकार वडाको भुमिकापनि हुन्छ होला नि भनिदा आफु संधै विरामी भैरहने भैरहेकोले यस तर्फ ध्यान दिन नपाएको जवाफ फर्काउनु भएको थियो । जनप्रतिनिधिको उरन्ठेउलो जवाफ सुनेका स्थानिय वडावासी भने वडाध्यक्षले राजिनामा गरी योग्य वडासदस्यलाई कार्यवाहक बनाएर विकास निर्माणको कामलाई अगाडि बढाउने निष्कर्षमा पुगेका छन् ।
सँखोना सम्पदालाई ब्यापक बनाउने अवको मार्ग-
विद्याकी देवी सरस्वती रहेको वडा भित्रको सम्पदा व्यवस्थापन गर्दै साखोना सम्पदा क्षेत्रलाई ठमेल , हाँडीगाउँ जस्तै छुट्टै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न स्थानिय युवा जमात चाहन्छन् । यसका लागि बृक्षारोपण सहित बडामा हरीयाली गर्ने , शिक्षाकी देवी सरस्वती मन्दिरलाई केन्द्रित गरी आधुनिक लाईब्रेरी निर्माण गर्ने र गोमा गणेश पेट्रोलपम्पले बनाएको नमुना क्रिकेट मैदान जस्तै अन्य खेलकुदको विकास गर्ने ,बेरोजगार युवा जमातलाई लोक सेवा तथा अन्य रोजगार मुलक तालिम दिन समेत प्रस्ताव काठमाडौं महानगरपालिकामा लाने स्थानियले बताएका छन् । नगरपालिकाको वजेटबाट बनिरहेको वडा भित्रका सम्पदा र मार्गहरु कति लागतमा बन्न लागेको हो ,कुन ठेकेदार कम्पनीले कति समयमा बनाउन लागेको हो भन्ने नागरिक वडापत्र सार्वजनिक गर्न र सुचना बोर्ड नराखि बर्षौ निर्माणको नाउँमा अलपत्र बनाउनुको कारण वडाबासीलाई दिन पनि माग गरिएकोछ ।
सँखुनाको नालिबेली र बिद्याकी देवी सरस्वती-
राजा गुणकामदेवद्धारा व्यबस्थित कान्तिपुर भन्दा छुटटै ठमेल अर्थात थँवहिल विहार क्षेत्र र अर्को लिच्छविकालिन राज्य शंखस्यनगरी विशालनगरको अन्तिम सिमाना मानिने टुकुचा खोलाको किनारामा रहेको यो वडा मुलुकै सबैभन्दा सानो वडा मानिन्छ । जुन वडा काठमाडौं महानगरपालिका वडा नं २ स्थित विद्याकीदेवी निलसरस्वती मन्दिर क्षेत्र प्रख्यात अमर बाँडाले शक्तिका उपासक शंकराचार्यलाई शास्त्रार्थमा हराईदिएको ऐतिहासिक सम्पदास्थलपनि हो ।
जुन मौलिक सम्पदास्थललाई पर्यटकियस्थलको रुपमा उत्थान गर्दै लान स्थानिय युवाहरु जुर्मुराएकै बेला वडा अध्यक्ष तथा स्थानिय जनप्रतिनिधिहरुबाट साथ सहयोग र भरोसा नभईदिदा सडक मात्र होईन पानीका पाईप ,विजुलीका तार , निर्माण सामग्री अस्तव्यस्त अलपत्र स्थितिमा रहेको देख्न सकिन्छ ।
नील सरस्वती मन्दिर –
श्रीपञ्चमीका विद्याकीदेवी निलसरस्वतिस्थानमा मेला लाग्ने गर्दछ । लिच्छवीकालिन राज्य शंखस्यनगरीको राजधानी विशालनगरबाट अन्तिम सिमाना सखुनास्थित टुकुचा खोलाछेउ स्थापित नीलसरस्वतीलाई विद्याकी देवीको रुपमा पुजिन्छ । गुम्बजाकार शैलीको मन्दिर १४औं शताब्दीमा निर्मित हो । मन्दिर भित्र कलात्मक निल सरस्वतीको ढुङगे मुर्ति छन् । जहाँ प्रत्येक वर्ष अक्षराम्भ र शिक्षा सफलताको लागि पुजा,दर्शन हुने गर्दछ ।
धोवीचौरस्थित मानदेवकालीन महादेव-
नीलसरस्वती नजिकै धोवीचौरस्थित लिच्छवीकालीन महादेव मन्दिर पनि एक हो । लुगा सुकाउने चौर बीच शिव लिङको पादपीठमा उल्लेखित सम्बत् ३८९ र ३९० ले यस क्षेत्रको पुरातात्विलाई उजागर गरेको छ । मन्दिर राजा मानदेवले आफ्नी आमाको इच्छामुताविक निर्माण गर्न लगाएकोभनाईछ । जहाँ लुगा धुने ढुंगेधारा र शिलारुपि चामुण्डा अजिंमा लिच्छवीकालिन अष्टमातृका मध्ये एक मानिन्छ ।
दयाश्वर महादेवस्थल-
लाजिम्पाटको सात्विक अर्थ लाखे लछी अर्थात दुस्तआत्मा विचरण गरी हिडने ठाउँ हो । लछिपटनै नेपालभाषामा अपभ्रंस भई लाजिम्पाट भन्न थालियो । यहि दुस्तआत्मालाई दवाउन स्थापित शिवस्थल हो, दयाश्वर महादेव । आधा रोपनीको क्षत्रफल भित्र चर्चिएको देवस्थल लिच्छविकालिन भएतापनि मल्लकालमा संरक्षित भएको विश्वास गरिन्छ । मन्दिर भित्र भोज भतेर गर्ने फल्चापाटी ,भजनघर, यज्ञस्थल,कुण्ड ,सप्तर्षि,गणेश,बुद्धका मुर्ति सहित तिर्थस्थलका रुपमा छ भने प्रत्येक वर्षको शिवरात्री,तीज,साउने सोमबार आदि चाडपर्वमा याहाँ भक्तजनको ठुलो मेला लाग्ने गर्दछ ।
श्वेतकाली भगवती मन्दिर-
लिच्छविकालमै स्थापित अष्टमातृका पिठहरु नक्साल भगवती,
टुँडालदेवी,भाटभटेनी,मैतीदेवी भनिए जस्तै निल सरस्वतीनजिकका श्वेतकाली चामुण्डपनि हो । भुईतले मन्दिर भित्र सादाढुंगा पुजिन्छ भने हाडिगाउँको गहना खोज्ने जात्रामा श्वेतकाली खट जात्रा ज्यापु समुदायद्धारा हुदै आईरहेको छ ।
समस्टिगत रुपमा भन्नु पर्दा लाजिम्पाट सकोना सम्पदा क्षेत्रको प्रवद्र्धनमा जसले साथ दिन्छ ,टुकुचा व्यवस्थापनमा जसले पहल गर्छ उसैलाई आगामी निर्वाचनमा जिताउने वडाबासीहरुले प्रतिवद्धता जनाएका छन् ।