आज :

सर्लाहीमा ट्याक्टरले किचेर चार बर्षिय बालकको मृत्यु

  • अनलाइन डबली

मलंगवा । सर्लाहीमा ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हरिपुर्वा नगरपालिका–३, धनकौल निवासी राम प्रवेश रायका छोरा चार वर्षीय आर्यन राय रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गएराति अस्थायी नम्बर प्लेट (ना.अ.प.अ.) ३७८ नम्वरको ट्याक्टरको ट्रलीले किचेर उनको मृत्यु भएको हो। घरमा पार्किङ गर्ने क्रममा ट्रलीमा चढेका बालक त्यहाँबाट खस्दा ट्रलीको चक्काले किचेर उनको मृत्यु भएको हो ।

मृतक बालकको शव पोस्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा राखिएको छ । दुर्घटनापछि चालक फरार भएका छन् भने उनको खोजि कार्य भईरहेको छ । यस सम्बन्धि अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal