काठमाडौं । ७ वटा जेन्जी समूहले एकता घोषणा गर्दै आफू र जनताकोे भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री शुसिला कार्कीको राजीनामा मागेका छन् । सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारलाई उनिहरुले संघर्ष गर्ने अन्तिम चेतावनीसमेत दिएका छन् ।
एकतापछि बनेको ‘जेन्जी एकता अभियान नेपाल’की संयोजक सुप्रीया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा सम्लग्न भएको नाममा जेन्जीहरुलाई छानीछानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरिन् । संयोजक नेपालीले आफूहरुको मर्म अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्कीको राजिनामासमेत मागेकी छन् ।
पूर्व प्रहरी माहानिरिक्षक(आइजीपी) सर्बेन्द्र खनालले जेन्जीको बलबाटै बनेको सरकारले उनिहरुलाई नै आतंकित बनाउन थालेको भन्दै आक्रोश व्यक्त गरे । खनालले विद्रोहले नेपालका भ्रष्ट र दलालहरुलाई सच्चिन चेतावनी दिएको तर त्यस्तो नदेखिएको बताउँदै भने,“अहिलेको सरकार र ओली सरकारबीच कुनै फरक भएन, यसले गोलि हान्न आदेश दिने ओली र उहाँको सरकारका जिम्मेवारलाई पक्रेर अनुसन्धान गर्नुपर्छ ।”

जेन्जी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले वर्तमान सरकारले विभिन्नि समूहमा विभक्त जेन्जीहरुलाई एकता गरेर आफूहरुले सरकारलाई खबरदारी गर्ने जानकारी गराए । प्रवक्ता विश्वकर्माले एकता भएका जेन्जी परिषद, जेन्जी २.०, जेन्जी पिपुल, रियल जेन्जी मुभमेन्ट नेपाल, जेन्जी नेपाल, एनटेक–जेड, र अछाम जेन्जी गु्रप गरेर ७ वटा समूहबीच एकता भएको जानकारी दिए ।सल्लाहकार मेगराज खत्रीले देशको विषम परिस्थितिलाई मध्यनजर गरेर सबै जेन्जी एकठाउमा आउने अभियान चालएकोप्रति खुसि व्यक्त गरे । वर्तमान सरकारमा पनि विगतमा जस्तै देशीविदेशी शक्तिले खेल्न थालेकोप्रति चानखो हुनसमेत जेन्जीलाई सुझाव दिए ।
जेन्जी कुन्दन कुशवाहले पछिल्लो समयमा सरकारले परिवर्तनकारीहरुमाथि नै डण्डा वर्षाउन लागेको भन्दै सबै एक ठाउँमा आएर संघर्ष गर्नुपर्ने धारणा राखे ।
जेन्जी मिनबहादुर खड्काले विभिन्न समूहमा विभक्त भएका जेन्जीहरु एक ठाउँमा आएर कुशासन र भ्रष्टाचारविरुद्ध लड्नु पर्ने धारणा राखे । खड्काले वर्तमान अन्तरिम सरकारले आफूहरुका माग पूरा गर्न नसकेको भन्दै सरकारको औचित्य समाप्त भइसकेकाले प्रधानमन्त्रीको राजिनामा मागे ।
जेन्जी रविकिरण हामालले वर्तमान सरकारले जेन्जीका मर्म र भावना अनुसार काम नगरेको भन्दै शुसिला कार्कीले राजीनामा दिनुपर्ने बताए ।
सल्लाहकार राजन घिमिरे, विवि पराजुली(बद्री), गणेश भट्टराई, डा.लक्ष्मि ओली, शुसिला खत्री र माधव ठकुरीले सबै जेन्जी एकमत हुँदै संघर्षमा उत्रन सुझाव दिए ।
एकता कार्यक्रममा प्रकाश रावाल, शुसिल भणडरी, कृपा काफ्ले, हेमराज न्यौपाने, शिशिर महरा, रामचन्द्र जोसी, सुरेन्द्र घर्ति, शुसिल सिंह, जीवन सोडारी र विनोद शोडारीले सबै जेन्जीहरु एकतामा आएर माग पूरा गर्न दबाब दिनुपर्ने धारणा राखे ।


अनलाइन डबली



