आज :

१९ विषय विज्ञ खोज्दै काठमाडौं महानगर 

  • अनलाइन डबली

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न १९ विषय विज्ञ पदका लागि  आवदेन आह्वान गरेको छ । महानगरले शुक्रबार सार्वजनिक सूचनामार्फत विभिन्न विषय विज्ञका लागि पर्याप्त आवेदन नपरेपछि उसले पुनः सूचना निकालेको हो ।

महानगरले वातावरण विज्ञ, फोहोरमैला व्यवस्थापन विज्ञ, केमिकल इन्जिनियर, मेकानिकल इन्जिनियर, जैविक विविधता विज्ञरवन्यजन्तु विज्ञ, वातावरण कानुनविद् माग गरेको छ । मानवशास्त्री, समाजशास्त्री, पुरातत्वशास्त्री, अर्थशास्त्री, जन स्वास्थ्यविद्, भूगर्भशास्त्री र भूगर्भ इन्जिनियर, आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर, अर्बान प्लानर, ऊर्जा विज्ञ, इलेक्ट्रिकल इन्जिनियर, इलेक्ट्रोनिक इन्जिनियर, जियोम्याटिक्स इन्जिनियरका लागि आवेदन आह्वान गरे छ ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको तथा सम्बन्धित विषयमा कम्तीमा १० वर्ष काम गरी वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्ने कार्यमा कम्तीमा ३ वर्ष वा सोभन्दा बढी कार्य अनुभव भएको वा माथि उल्लिखित विषयमा १० वर्षभन्दा बढी अध्यापन तथा अनुसन्धान गरेको हुनेपर्ने जनाइएको छ । इच्छुक व्यक्तिलाई ७ दिनभित्र आवदेन दिन पनि महानगरपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal