आज :

मौलिक नाम खोज्दै मध्यपुर थिमि

  • अनलाइन डबली

 

काठमाडौँ। मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले अमूर्त सम्पदाको रुपमा रहेको मौलिक नाम खोजेर प्रतिष्ठापन गर्नुपर्नेमा जोड दिए । नगरपालिकाले सम्पन्न गरेको मौलिक स्थान–नाम संकलन तथा अभिलेखिकरण प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा मेयर श्रेष्ठले मन्दिर, मठ, चैत्य, पोखरी जस्तै अमूर्त सम्पदा पनि उतिकै महत्वपूर्ण रहेकोले संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।
‘ई. राजेन्द्र दाइसँग एउटा पार्टी भोजमा भेट हुँदा थिमिको अध्ययन र अनुसन्धान गरेको मालेकुलेको विषयमा छलफल भयो । स्थानिय स्तरमा रहेका सम्पदा, संस्कृति तथा जीवनशैलीको विषयमा अध्ययन गरिरहेको मालेकुले अभियानबाट प्रेरित भएर अहिले कार्यविधि नै बनाएर मौलिक नाम खोज्ने काम भइरहेको छ ।’ मेयर श्रेष्ठले बताए । उहाँले पुराना नाम खोज्ने काम सकेर त्यसलाई जिआईएस सिस्टममा लाने विषयमा समेत प्रष्ट पारे ।
हुनपनि बाजेपूर्खाले सन्ततिमा हस्तान्तरण गरेको सम्पदालाई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । सम्पदालाई पर्यटनसँग जोड्नसके त्यसले स्वरोजगारी सिर्जना गर्नेदेखि वित्तीय अवस्था चलायमान गराउने क्षेत्रमा भूमिका खेल्छ ।
कार्यक्रममा समितिका संयोजक राजेन्द्र श्रेष्ठले प्रतिवेदन प्रस्तुति गर्दै मौलिक नाम खोज्ने सवालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगहरुको विषयमा जानकारी दिए । संयोजक श्रेष्ठले नौ महिनाको अवधिमा समितिले गरेको उपलब्धिको विषयमा समेत प्रष्ट पारे ।

कार्यक्रममा फर्मल मेयर मदनकृष्ण श्रेष्ठ, डेपुटी मेयर विजयकृष्ण श्रेष्ठ, ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति, युवा राजनीतिज्ञ भुवन बागः श्रेष्ठ लगायतले नगरभित्र पुराना नाम खोजेर प्रतिष्ठान गर्नुपर्ने आवश्यकता विषयमा चर्चा गरेका थिए । समितिका सदस्य सचिव तुलसी भक्त तःकोले सञ्चालन गरेको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका सबै वडाध्यक्ष, निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, समितिका पदाधिकारी तथा समाजसेवीहरुको उपस्थिति थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal