काठमाडौँ । युगनायक अमर कलाकार स्वतन्त्र संसार महर्जनको आत्म कथा “झिरमा उनेको मान्छे” पुस्तक बिमोचन भएकाे छ ।
ललितपुर महानगरपालिका वडा नंवर २२ कार्यबिनायकको खोकनामा दिपक विवश आँशुले लेखेको उक्त किताब आज एक कार्येक्रमका बीच विमाेचन भएको हाे।।


ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रमुख आतिथ्यता तथा समाजसेवी गायिका सरिता महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, युगीन कलाकार तथा निर्देशक पवन जाेशी, पहिलो नेपाल भाषा चलचित्र पत्रकार बिजय रत्न असःबरे, बरिष्ठ गायक रत्न बेहोसी, नेपाली नाेबल साहित्यकार बिक्रम भक्त जोशी लगायतका विशिष्ट ब्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
उत्कृष्ट र मर्म स्पर्शी पुस्तक “झीरमा उनेकाे मान्छे” स्वर्गवासी स्वतन्त्र संसार महर्जनको आत्म कथामा आधारित यो पुस्तक दिपक विवश आँशुले र सम्पादन श्याम स्मृतको रहेको छ।