काठमाडौं । संस्कृति, सभ्यता र सम्पदा संरक्षणका आन्दोलनहरूमा सक्रिय अभियन्ता बिद्या श्रेष्ठ महर्जन हाल सम्भावित पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रीका रूपमा चर्चामा छन्।
काठमाडौंमा जन्मेकी बिद्या श्रेष्ठ महर्जनलाई नेवा: समुदायको जात्रा–पर्व, संस्कार–संस्कृति जगेर्ना गर्ने निडर व्यक्तित्वका रूपमा चिनिन्छ। उनी देश–विदेशमा नेपाल र नेवाः संस्कृति प्रतिनिधित्व गर्दै आएकी छन्।
गुठी विधेयकविरुद्धको जनआन्दोलनदेखि गैरन्यायिक सडक विस्तारविरुद्धको संघर्ष र खोखना जस्तो ऐतिहासिक बस्तीको संरक्षण अभियानमा सक्रिय बिद्या श्रेष्ठले सांस्कृतिक सम्पदा र समुदायको अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएकी छिन।
समाजमा जरा गाडेर अघि बढेकी उनी नेपालको पर्यटन र सांस्कृतिक क्षेत्रलाई गहिरो रूपमा बुझ्ने व्यक्तित्व भएकाले नेतृत्वमा आउन सक्ने सम्भावनामा उनका समर्थकहरू आशावादी छन्।