आज :

सहिद द्धयको स्मृतिमा आयोजित फुटसल प्रतियोगिता

  • अनलाइन डबली

काठमाडौँ ।
गणेश उज्जन(भूवन) स्मृति प्रतिष्ठान र वसिको क्लवले संयुक्त रुपमा काठमाडौँ महानगर – २, वडाव्यापी फुटसल प्रतियोगिता आईतबार आयोजना भयो । प्रतियोगितामा ३५ वर्ष भन्दा माथिका उमेर समुहका खोलागाल टोलले प्रथम स्थान हासिल गरेका थिाए भने निल सरस्वतीस्थान दोस्रो , बुङ्गाल र सखुनाले तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी ३५ वर्ष भन्दा मुनिका खेलाडीहरु सहभागी खुर्सानीटार टोल प्रथम, कैलासचौर दोस्रो र बुङ्गाल र गैरीधारा टोलले तृतिय स्थान प्राप्त गरेको हो ।
प्रविन श्रेष्ठको संयोजकत्वमा आइतवार आयोजित सो प्रतियोगितामा ३५ वर्ष  भन्दा माथिका ६ वटा टिम र ३५ वर्षभन्दा मुनिका खेलाडीहरुको ८ वटा टिमले सहभागिता जनाएको थियो ।
काठमाडौँ महानगर–२का वडाअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ र गणेश उज्जन (भूवन) स्मृति प्रतिष्ठानका अध्यक्ष सावित्री श्रेष्ठले विजयी टिमहरुलाई प्रमाणपत्र र सिल्ड प्रदान गर्नुभएको थियो ।
दस वर्षे माओवादी द्वन्द्वकालमा ओखलढुङ्गा  पोकली निवासी गणेशकुमार श्रेष्ठ र उज्जन (भूवन) कुमार श्रेष्ठको राज्यपक्षको गोली लागेर सहादत प्राप्त गर्नुभएको थियो । उहाँका परिवारले पिताका स्मृतिमा स्थापना गर्नुभएको  प्रतिष्ठानले द्वन्द्व पीडित, अनाथ तथा अशाहय बालबालिकाको शिक्षा, स्वास्थ्य र सामाजिक कार्यमा सेवा दिंदै आएको छ ।
प्रत्येक वर्ष बालअधिकारको प्रवद्र्धन स्वास्थ्य सेवाको सुधार, र दिगो विकासका लागि ग्रामिण समुदायलाई आत्मनिर्भर बनाउन सिपमुलक तालिम समेत सञ्चालन गर्दै आइरहेको छ । जेन्जि आन्दोलनकै अवसरपारी आयोजित फुटसल प्रतियोगितामा विजयी युवाहरुले शहिद हुनु गौरवको कुराभएपनि शहिदको चाहनाअनुरुप कर्म राजनेताहरुबाट हुन नसक्नु पिदाको सवाल भएको बताएका थिए । सामाजिक कार्य अन्र्तगत आयोजित यस्ता खेलकुद गतिविधिले हारजित भन्दापनि स्वास्थ्य सुधार ,शिक्षामा टेवा र सामाजिक सेवामा युवा जमातलाई नेतृत् वगर्न उत्साहित गराउने विश्वास ब्यक्त गरिएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal