आज :

सनोज महतको उम्मेदवारीः कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा

  • अनलाइन डबली

काठमाडौं । सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै कार्यकारी राष्ट्रपति र गैरदलीय स्थानीय सरकारको मुख्य एजेण्डा अगाडी सारेका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी फागुन २१ गते हुने निर्वाचनमा ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।

पछिल्लो समयमा ‘दलतन्त्र नै लोकतन्त्र हो भनेर पार्टी नेताहरुले लाोकतन्त्रको नाममा दलतन्त्र र नेता तन्त्र थोपरेको’ भन्दै स्वतन्त्र उम्मेदवारी दिएको जिकिर गरेका छन् । नेता र नेताहरुका आसेपासेले देशलाई भ्रष्टाचारको आहाल बनाएकोले जेन्जीहरुको आन्दोलनको विष्फोट भएको बताउँदै जेन्जीको मागलाई आफूले समर्थन गरेकोसमेत महतले बताएका छन् ।

पत्रकार सम्मेलनमा उनले आफूलाई आगामी निर्वाचनमा जनताले जिताए भ्रष्टाचारीलाई निर्मम कारवाही, प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, गैरदलीय स्थानीय तहको आवश्यक एजेण्डालाई कार्यान्वयन गर्न पहल गर्ने उद्घोष गरेका छन् ।

महत लड्ने ललितपुर क्षेत्र नम्बर १ राजधानी काठमाडौंसँगै जोडिए पनि आजको समयमा पनि दुर्गमको अवस्थामा गुज्रिरहेकाले दक्षिण ललितपुरका तीनवटा पालिकालाई अलग निर्वाचन क्षेत्र कायम गर्न पहल गर्ने ।

सो क्षेत्रमा रहेका प्राकृतिक स्रोत र साधनलाई स्थानीय जनताको हितका लागि अधिकतम प्रयोगको लागि पहल गर्ने बताउँदै महतले भने,“क्षेत्र नम्बर १ मा सञ्चालित खानी तथा क्रसरहरुलाई व्यवस्थित गर्दै अरबौं बराबरको राजश्व संकलन गर्नुपर्ने तर लेले, चापागाउँ, ठेचो, सुनाकोठीलगायतका पुरातात्वीक क्षेत्रहरुबाट क्रसरजन्य ढुवानीलाई पूर्ण त प्रतिबन्ध गर्दै करिडोरलाई व्यवस्थित गर्नु पर्छ ।”

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal