आज :

ग्रिल तथा स्टिल व्यवसायीबाट अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समितिलाइ सहयोग

  • अनलाइन डबली

काठमाडौ ।ग्रिल तथा स्टिल व्यवसायी  संघकाठमाडौंले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौलाई सहयोग गरेको छ । विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी समितिलाई आवश्यक सफाई औजार तथा विरुवा सुरक्षा जाली सहयोग गरेको हो ।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंकोतर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौंका अध्यक्ष उद्धबप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन् ।
ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाई औजार तथा उपकरणहरु प्रदान गरेको जानकारी गराए । कार्यक्रममा उपमेयर डंगोल, ग्रिल तथा स्टिल व्यवसायी संघका केन्द्रिय अध्यक्ष मोहन कटुवाल, बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौका अध्यक्ष तिमिल्सिनालगायतले बागमतिलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।
कार्यक्रममा उपमेयर डंगालले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौको कार्यालय परिसरमा बृक्षारोपन पनि गरेकी थिइन् । कार्यक्रममा सहयोग गर्ने सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरिएको थियो । साथै प्रमुख अतिथिलगायतलाई पनि मायाको चिनो दिइएको थियो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal