आज :

उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश, भिडियोसहित

  • अनलाइन डबली

काठमाडौँ । उच्च सुरक्षा क्षेत्र तोडेर इराकको राजधानी बगदादमा प्रदर्शनकारीहरू संसद् भवन भित्र प्रवेश गरेका छन्।

स्थानीय समाचार एजेन्सी शफाकका अनुसार प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा धर्मगुरू मुक्तदा अल-सदरका समर्थकहरूले भ्रष्टाचार र कुशासनको विरोध गर्दै त्यहाँको संसद भवनभित्र प्रवेश गरेका हुन्।

सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहने ग्रिन जोनमा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए। यो क्षेत्रमा विभिन्न देशका दूतावाससहित इराकका सबैभन्दा महत्त्वपूर्ण भवनहरू छन्।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। तर बाक्लो सुरक्षा घेरा तोडेर उनीहरू संसद् भवन प्रवेश गरेका सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले जनाएको छ।

भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै केही टेबलहरूमा सुतेका थिए। केही पौडी पोखरीमा पौडी खेलिरहेका थिए। प्रदर्शनकारीले प्रदर्शनका क्रममा शिया नेता अल-सद्रको तस्बिर हातमा बोकेका थिए।

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्। नौ महिना लामो गतिरोधपछि इरानमा अशान्ति सुरु भएको हो।

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण निर्वाचनपछि नयाँ सरकार गठन हुन सकेको छैन। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

अमेरिकी हस्तक्षेपको विरोध गर्दै आएका शिया धर्मगुरू सदरको दलले अक्टोबरको निर्वाचनमा जीत दाबी गरेको थियो। तर आफ्ना प्रतिद्वन्द्वीसँग सहकार्य गर्न सदर तयार नभएपछि उनको दलले सरकार निर्माणका लागि गठबन्धन बनाउन सकेन।

यसैबीच इराकका प्रधानमन्त्री मुस्तफा अल-खादिमीले प्रदर्शनकारीहरूलाई संसद् भवन छोड्न आग्रह गरेका छन्। हेर्नुहोस् भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal