
धनगढी । बर्षासँगै आएको पहिरोमा घर पुरिँदा अछाममा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुस्थित स्थानीय पदम सिंह विष्टको घर पहिरोमा पुरिएको अछाम प्रहरीले जनाएको छ ।
गएराति करिब १ बजेतिर सुतिरहेको बेला घरमाथिबाट पहिरो आएको हो । विष्टका परिवारका तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने एकजनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।
घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घरमा भएको सम्पूर्ण बस्तु नष्ट भएको बताइएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।