आज :

रनिल विक्रमासिंघे श्रीलंकाका नयाँ राष्ट्रपति बनेपछि देउवाले गरे यस्तो ट्वीट, कसलाई के भने ?

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नयाँ राष्ट्रपति रनिल विक्रमासिंघेलाई बधाई दिएका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा देउवाले श्रीलंकाको राष्ट्रपति निर्वाचित भएकोमा विक्रमासिंघेलाई नेपाली जनता र नेपाल सरकारको तर्फबाट बधाई दिएका हुन्।

विक्रमासिंघे बुधबार श्रीलंकाको संसदबाट नयाँ राष्ट्रपति चुनिएका थिए। शुक्रबार उनले दिनेश गुणावर्देनालाई प्रधानमन्त्री नियुक्त गरेका छन्। शुक्रबार नै श्रीलंकामा नयाँ मन्त्रिपरिषद् गठन भएको छ।

प्रधानमन्त्रीसहित उक्त मन्त्रिपरिषद्मा १८ सदस्य छन्। विक्रमासिंघे यस्ता व्यक्ति हुन् जो ६ पटकसम्म श्रीलंकाका प्रधानमन्त्री बनेका छन्। अहिलेसम्म अरू कोही यति धेरै पटक प्रधानमन्त्री बनेको छैन।

उनी सन् १९४९ मा कोलोम्बो प्रभावशाली राजनीतिक परिवारमा जन्मिएका हुन्। युनिभर्सिटी अफ कोलोम्बोमा पढ्दा विक्रमासिंघे विद्यार्थी राजनीतिमा सक्रिय थिए। पछि उनी २८ वर्षको उमेरमै सांसद चुनिए।

सन् १९७७ मा युवा तथा रोजगार मन्त्री बनेका विक्रमसिंघे त्यसयता निरन्तर सत्ताकै वरिपरि छन्। उनी १९९३ मा पहिलो पटक प्रधानमन्त्री भए। १९९४ मा पदमुक्त भए।

२००१ मा दोस्रो पटक प्रधानमन्त्री भएका उनी २००४ सम्म सत्तामा रहे। २०१५ मा तेस्रो पटक प्रधानमन्त्री बनेका उनले सन् २०१८ सम्म थप दुई पटक प्रधानमन्त्रीको सपथ लिए।

आर्थिक संकटबाट गुज्रिएपछि गत मेमा तत्कालीन राष्ट्रपति गोटवाया राजापाक्षेले विक्रमासिंघेलाई छैठौं पटक प्रधानमन्त्री नियुक्त गरेका थिए। राजापाक्षेले अर्थमन्त्रीको जिम्मा पनि उनैलाई दिएका थिए।

यसअघि आमनिर्वाचनबाट राष्ट्रपति चुनिन खोज्दा विक्रमासिंघे दुई पटक पराजित भएका थिए। सन् १९९९ पहिलो पटक राष्ट्रपति हुन खोज्दा उनी चन्द्रिका कुमाराटुंगासँग पराजित भएका थिए भने सन् २००५ को चुनावमा उनलाई महिन्दा राजापाक्षेले हराएका थिए।

गएको आमचुनावमा उनको युनाइटेड नेशनल पार्टीले नराम्रोसँग हार व्यहोर्‍यो। विक्रमासिंघे आफैं पनि पराजित भए। पछि उनी समानुपातिक तर्फबाट सांसद बने।

दुई वर्षअघिको चुनावमा भएको त्यो शर्मनाक हारलाई बिर्साउने गरी विक्रमासिंघे अहिले राष्ट्रपति चुनिएका छन्। उनी अब सन् २०२४ को नोभेम्बरसम्म राष्ट्रपति हुन पाउनेछन्।

यसैबीच श्रीलङ्काको १५औँ प्रधानमन्त्रीको रुपमा दिनेश गुणवर्धनाले शपथ लिएका छन् । श्रीलङ्का पोदुजाना पेरामुना पार्टी (एसएलपिपी) का ७३ वर्षीय सांसद गुणवर्धनाले प्रधानमन्त्री कार्यालयमा राष्ट्रपति रनिल विक्रमासिङ्घेसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

विभिन्न दलका विधायक एवम् राजनीतिक दलका नेताहरूसँग बिहीबार भएको सघन छलफलपछि आज उनलाई प्रधानमन्त्री पदको शपथ गराइएको हो । भूतपूर्व राष्ट्रपति गोताबाया राजापाक्ष र रनिल विक्रमासिङ्घेको नेतृत्वमा उनले गृहमन्त्रीका रुपमा काम गरेका थिए ।

आगामी बुधबार संसद् बैठकपछि राष्ट्रिय सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । राजनीतिक दलहरू मिलेर राष्ट्रिय सरकार गठन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन हुनेछ ।

यसैबीच, राष्ट्रपति सचिवालय बाहिर ठूलो सङ्ख्यामा उपस्थित प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्न भारी मात्रामा सशस्त्र सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरूले राष्ट्रपति विक्रमासिंघेको विरोध गरिरहेका छन् । यहाँस्थित सरकार विरोधी प्रदर्शन शिविरमा सुरक्षाकर्मीले छापा मारेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal