आज :

हुम्लाको ताँजाकोटबाट सुत्केरीको हेलिकप्टरबाट उद्दार

  • अनलाइन डबली

हुम्ला । जिल्लाको ताँजाकोट गाउँपालिकाकी एक सुत्केरीको शुक्रबार हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । वाड न. ४ काउलाकी दिलमाया शाही २४ घण्टा भन्दा बढी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि उद्दार गरिएको गाउँपालिका अध्यक्ष लालकेश जैसीले अनलाईन डबलीलाई जानकारी दिएका हुन् ।

अध्यक्ष जैसीका अनुसार आज १ बजे , ताजाकोटबाट सुर्खेत पठाइएको र अहिले प्रदेश अस्पताल वीरेन्द्रनगर सुखेतमा उपचार भइरहेको छ ।
लामो प्रशव पीडाको बाबजुद पनि उनले बच्चा जन्माउन नसेकपछि ताजाकोट गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र राष्ट्रपति उद्दारकोषले उनलाई उपचारको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत पठाएका थिए । उनिहरुले विहानैदेखि उद्दार गरेर सुर्खेत पठाउन खोजेपनि खराब मौसका कारण १ बजे मात्रै उद्दार गर्न सफल भएको जैसीले बताए ।

हुम्ला जिल्लामा सदियौंदेखि राम्रो स्वास्थ्य सेवाको अवस्था नहुनु र यातायातको अभावको कारण वर्षेनी दर्जानौं सुत्केरी महिलाहरु यस्तै समस्याबाट गुज्रने विषय नयाँ भने होइन । सुत्केरी मात्रै नभएर अन्य जटिल प्रकारका रोगहरुले सायौं हुम्ली र हजारौंक कार्णाली वासी यस किसिमको समस्याबाट पीडित छन्, कायौंले अकालमा ज्यान गुमाउनु परेका अवस्था छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal