
काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९÷८० को आर्थिक वृद्धि औसतभन्दा उच्च रहने बताएको छ । बजेटलाई सहयोग पुग्ने गरी ल्याइने मौद्रिक नीतिमा आर्थिक वृद्धिदर ८ प्रतिशत र मुद्रास्फुति ७ प्रतिशत राख्ने लक्ष्य राखेको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले भिड–१९ को महामारीले उत्पादन क्षमता घटेका उद्योगहरूको क्षमता वृद्धि हुँदा आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए ।
केन्द्रीय बैंकले नेपाल सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग गर्ने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । गभर्नर अधिकारीले चालू वर्षको मौद्रिक नीति नेपाल सरकारले बजेटमार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्नेगरी ल्याइएको बताए । उनले मौद्रिक नीतिको घोषणा गर्दै चालू आर्थिक वर्षमा नेपाल सरकारले बजेटमार्फत ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतमा मुद्रास्फीति राख्ने लक्ष्य लिएको गभर्नर अधिकारीले जानकारी दिए ।
यसैबीच बजेटले लिएको ७ प्रतिशतको मुद्रास्फीतिलाई समेत मौद्रिक नीतिले सहयोग गर्ने गभर्नर अधिकारीले बताए । नेपालजस्तो सानो मुलुक आयातमा आधारित खुला अर्थतन्त्र भएको मुलुकले विदेशी मुद्राको सञ्चिति सुविधाजनक स्थितीमा सञ्चित गर्नुपर्ने बाध्यता अधिकारीले बताएका भने ।
त्यसैगरी मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था राष्ट्र बैंकले जनाएको छ । आर्थिक वष २०७९–८० सालको मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति गर्दा धितोपत्र कारोबार रोक्ने सम्बन्धी राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरेको जनाएका छन् ।
सो अनुसार धितोपत्र बोर्डको नियमन बमोजिम हुने व्यवस्था गरिएको छ । त्यस्तै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कर्जा केन्द्रिकरण घटाउने बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा अनिवार्य नगद मौज्दात ९सीआरआर०को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ । यसको अर्थ अब बैंकहरुले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ ।