आज :

प्रहरी समायोजनमा दबाव दिन प्रदेश गृहमन्त्रीहरु काठमाडौंमा

  • अनलाइन डबली

काठमाडौं । प्रहरी समायोजन साउन महिनाभित्र गर्न अल्टिमेटम दिएका प्रदेश गृहमन्त्रीहरु शीर्ष नेताहरुलाई दबाव दिन काठमाडौं आएका छन् ।

आज बिहान एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटेका उनीहरुले केहीबेरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई भेट्दै छन् ।

अपराह्न साढे ४ बजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार जाने उनीहरुको तयारी छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेट्न बालुवाटार जाने मधेश प्रदेशका गृहमन्त्री भरत प्रसाद साहले जानकारी दिए ।

‘प्रहरी समायोजन लगायत जनकपुर घोषणाबारे ध्यानाकर्षण गराउन शीर्ष नेताहरुलाई भेटेका हौं,’ उनले भने ।

२३ असारमा जनकपुरमा भएको प्रदेश गृहमन्त्रीहरुको बैठकले साउन महिनाभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्नेसहित ७ बुँदे जनकपुर घोषणापत्र जारी गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal