आज :

जसपाभित्र विभाजनको प्रक्रिया सुरू, भेलामा बाबुरामका २ प्रस्ताव : नयाँ पार्टी बनाउने कि विचार मिल्नेसँग एकीकरण गर्ने ?

  • अनलाइन डबली

काठमाडौं । जनता समाजवादी पार्टीमा विभाजनको प्रक्रिया सुरू भएको छ। अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले बेग्लाबेग्लै बैठक बोलाएका छन्।

बाबुराम भट्टराईले आफ्नो पक्षको भेलामा अबको बाटोबारे दुई विकल्प अघि सारेका छन् । मंगलबार दिउँसो काठमाडौंमा सुरु भएको भेलामा राजनीतिक प्रतिवेदन पेश गर्दै भट्टराईले पार्टी पुनर्गठन अनिवार्य भएको बताएका छन् ।

जसपाको वैधानिक बहुमत आफूहरुसँग रहने वा नरहने निर्वाचन आयोगको प्रक्रियाले टुंगिने भन्दै उनले अघि भने, ‘दुबै अवस्थामा पार्टीको पुनर्गठन एक अनिवार्य तथा अपरिहार्य ऐतिहासिक आवश्यकता बन्न पुगेको छ ।’

पार्टी पुनर्गठन के कसरी गर्ने भन्ने ठोस निर्णय विस्तारित बैठकले गर्ने भन्दै उनले दुई विकल्प अघि सारेका छन् ।

पहिलो, नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने ।

दोस्रो, विचार, नीति, कार्यक्रम मिल्ने निकटतम् शक्तिहरुसंग सहकार्य, ध्रुबीकरण, एकीकरण गर्दै जाने ।

भट्टराईले भनेका छन्,‘बैठकले निकालेका निष्कर्षको आधारमा हामी पुनर्गठित पार्टीको घोषणा–पत्र, विधान, नियमावली र आचारसंहिता निर्माण गर्ने छौं । सोही बमोजिम यसलाई वैधानिकता दिने प्रक्रिया पूरा हुनेछ ।’

उता उपेन्द्र पक्षले भने आजै वीरगञ्जमा केन्द्रीय कार्यकारिणी समिति बैठक राख्दैछन्। वीरगञ्जमा बुधबार र बिहीबार उपेन्द्र पक्षले पनि केन्द्रीय समितिको बैठक राख्ने भएका छन्।

केही समयदेखि बाबुराम र उपेन्द्रबीच सम्बन्ध बिग्रेको छ। उपेन्द्रले विधानअनुसार काम नगरेको र एकलौटी ढंगले अघि बढेको बाबुराम पक्षको आरोप छ।

बाबुरामनिकट एक नेताका अनुसार जसपा अब विभाजनको प्रक्रियामा पुगेको छ। ‘अब प्रक्रियागत रूपमा पार्टी विभाजनको बाटोमा गयो,’ ति नेताले सञ्चारकेन्द्रसँग भने।

उपेन्द्रनिकट नेता प्रकाश अधिकारीले भने काठमाडौंमा बाबुराम पक्षले गर्ने बैठक आधिकारिक नभएको भन्दै विज्ञप्ति निकालेका छन्। पार्टीविरूद्ध षड्यन्त्र भइरहेको उनले बताए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal