
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार २ हजार ९३७ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ ।
हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ७ सय मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।
एमालेका उम्मेदवारले मेयरमा १ हजार ७३२ र उपमेयरमा १ हजार ६८७ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा १ हजार ३० र उपमेयरमा १ हजार ६७ मत पाएका छन् ।
अहिले २ र ९ नम्बर वडाको मतगणना भइरहेको छ । नगरपालिकाको वडा नं. १ र १० मा एमाले विजयी भएको छ ।
वडा नं. १ मा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोगबहादुर थापाले ३५० मत मात्र ल्याए ।
यस्तै १० मा एमालेका दलबहादुर सावद ५४८ मतसहित वडाध्यक्षमा विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए ।