आज :

विनोद शाही मृत्यु प्रकरणः अछामको सदरमुकाममा गोली चल्यो

  • अनलाइन डबली

अछाम । जिल्लामा प्रहरीले हवाई फायर गरेको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विद्यार्थी विनोद शाहीका ह त्यारालाई बचाउन खोजेको भन्दै पीडित परिवारले गरेको विरोध प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको हो । पीडित आफन्तहरुले न्यायाधिवक्ता र गृहमन्त्रीको योजनामा सरकारी वकिल कार्यालयले दोषीलाई बचाउन खोजेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

जिल्ला सदरमुकाम मंगलसेनस्थित सरकारी वकिलको कार्यालय अगाडि पीडितहरुको विरोध प्रदर्शनलाई तितरवितर गर्न प्रहरीले हवाई फयार गरेको हो । अहिले जिल्लामा अवस्था तनावपूर्ण रहेको छ ।

घटानामा दोषी रहेको भन्दै पीडित परिवारले किटानी जाहेरका आधारमा प्रहरी नियन्त्रणमा रहेकी पञ्चदेव विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउनेलाई अदालतमा पेश गर्न लागेको बेला विरोध प्रदर्शन सुरु भएको थियो । सरकारी वकिल कार्यालयले चालाउनेलाई सामान्य तारेकमा रिहा गर्न लागेको हल्लासँगै पीडित परिवार र नेकपा एमालेका कार्यकर्ताहरुले विरोध सुरु गरेका थिए ।

अवस्थालाई नियन्त्रणमा लिन भन्दै प्रहरीले हवाई फारससँगै अश्रुग्यास प्रहारबाट केही प्रदर्शनकारीहरु घाइते भएको बताइएको छ । पीडित पक्षेले सत्ताको दुरुपयोग गरेर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै जिल्लामा विरोध गर्दै आइरहेका थिए । गृहमन्त्री बालकृष्ण खाँड, महान्याधिवक्ता खम्ब खाँतीको निर्देशनमा सरकारी वकिल कौशल ढुङ्गानाले मुद्दा अदालतसम्म नपुयाउन दबाब दिएको आरोप लगाएको छ ।

गत बैशाख ३० गते स्थानीय तह निर्वाचनको दिन भएको नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडपले उग्ररुप लिएपछि विनोदको ज्यान गएको हो । चुनाव सकिएपछि जेठ १६ गते फेरि काँग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएको थियो । त्यही बिषलाई लिएर प्रहरीले जेठ १७ गते मध्यराति कालिकास्थानस्थित विनोदको टोलमा पसेर महिलालाई लछारपछार गरेको थियो । स्थानीयले मेयर अम्बिकाले प्रहरी पठाएर दमन गर्न लगाएको आरोप लगाउँदै आएा छन् ।

सोही रातिबाट हराएका विनोदका पाँच दिन पछि मध्यपहाडी राजमार्गबाट करिब पाँच सय मिटर तल शव भेटिएको थियो । शाहीको ह त्या गरी भीरमा फालेको भन्दै दोषीको माग गर्दै नेकपा एमाले, नेकपा माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र नेकपा एकीकृत समाजवादीले संयुक्त रुपमा आन्दोलन समेत घोषणा गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal