आज :

स्नेक आइल्यान्डबाट पछि हटेलगत्तै रुसी सेनाद्वारा ब्ल्याक सीमा सोभियतकालीन क्षेप्यास्त्र प्रहार, यस्तो छ क्षति

  • अनलाइन डबली

काठमाडौँ । रुसी सेनाले ब्ल्याक सीमा सोभियतकालिन क्षेप्यास्त्र प्रहार गरेको छ । स्नेक आइल्यान्ड हुँदै जाने जलमार्ग खोलेको रुसले ब्ल्याक सीमा भने आफ्नो बर्चस्व कायमै राखेको छ । ओडेसा क्षेत्रीय प्रशासनका प्रवक्ता सेर्ही ब्राट्चुकले सोभियतकालीन एक्स–२२ क्षेप्यास्त्रहरू प्रयोग भएको बताए ।

स्नेक आइल्यान्डबाट बिहीवार रुसको फिर्तीले आफ्नो सबैभन्दा ठूलो ब्ल्याक सी बन्दरगाह ओडेसा र त्यस क्षेत्रमा खतरा कम हुने युक्रेनको आशा गरेको थियो । तर, रुसले सो क्षेत्रमा आफ्नो पूरानै अवस्थाको प्रभाव र उपस्थिति जनाइरहेको छ ।

रुसको रक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायको आग्रहमा युक्रेनी अन्नलाई निर्यातका लागि सहज गरिदिन स्नेक आइल्यान्ड छोडेको बताएको थियो । युक्रेन र पश्चिमा देशहरुले रुसले युक्रेनको अन्न भण्डारमा हमला गर्न थालेको आरोप लगाएका थिए । रुसले अन्न सप्लाई गर्न नदिएका कारण विश्वमा भोकमरी हुने बताउँदै आएका थिए । ती आरोपलाई झुट सावित गर्न रुसले स्नेक आइल्यान्ड छोडेको बताएको छ ।

स्नेक आइलाइन्डबाट पछि हटेपछि युक्रेन ब्ल्याक सीबाटै रुसलाई पछि हट्न बाध्य पार्ने बताइरहेको बेला शक्तिशाली सोभियतकालिन क्षेप्यास्त्र प्रहार गरेको हो । युक्रेनी फौज रुसी हमलाबाट बच्नको लागि मानव बस्तीमा लुक्ने गरेको र सोही स्थानमा हमला गरेको रुसले बताएको छ ।

क्षेप्यास्त्र हमलाबाट युक्रेनी सेनाका सदस्यसहित कम्तीमा २० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उक्त राज्यको आपत्कालीन सेवा डीएसएनएसका अनुसार सेर्हियेभ्का गाउँस्थित नौ तले भवनमा क्षेप्यास्त्र प्रहार भएको थियो । सोही स्थानको अर्को एक रिसोर्टमा पनि क्षेप्यास्त्र हमला भएको छ । यो रिसोर्टमा मानिसहरु छुट्टी मनाउन जानेहरूले प्रयोग गर्थे तर युद्धपछि युक्रेनी फौजले प्रयोग गर्ने गरेको बताइएको छ ।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले सर्वसाधारणहरू लक्षित हमलाहरू नगरेको दाबी गरेका छन् । उनले युक्रेनी फौज अड्डा जमाएरका स्थानमा हमला भएको बताए ।

बीबीसीका अनुसार डीएसएनएसको ओडेसा क्षेत्रकी प्रवक्ता मेरीना मार्टिनेन्कोले युक्रेनी टिभीलाई जानकारी दिँदै भवनको बाहिरी पर्खालमा क्षति पुगेको र हमलापछि नजिकैको पसलमा आगो लागेको बताइन् । पछि दमकलले उक्त आगो निभाएका थिए ।

स्थानीले तीनवटा ठूला विस्फोटको आवाज आएको बताएका छन् । उनीहरुले यस्तो विस्फोटको आवाज कहिलै नसुनेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal