आज :

उपेन्द्र समुहले कारवाही गर्ने तयारी थालेपछि बाबुराम भट्टराईले चाले यस्तो कदम, जसपाभित्र हलचल

  • अनलाइन डबली

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालमा देखिएको विवादबारे समीक्षा गर्न सो पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षले आन्तरिक छलफल गरिरहेको छ । पार्टीभित्र अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. भट्टराई पक्षले आ–आफ्नो रणनीति बनाइरहेको छ ।

केहिदिन अघि मात्रै उपेन्द्र समुहले बाबुराम भट्टराईलाई कारवाही गर्ने तयारी गरेको थियो । उपेन्द्र समुहको उक्त तयारीपछि भट्टराईले पनि आफ्नो तयारीका लागि कदम अघि बढाएका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले असार २७ र २८ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् । वीरगञ्जमा हुने बैठकको तयारीका लागि अध्यक्ष यादव पक्ष अनौपचारिक छलफल गरिरहेको छ ।

अध्यक्ष उपेन्द्र यादवले डा. भट्टराई पक्षलाई बैठकबारे जानकारी नै नगराएको बताइन्छ । आफूहरुसँग कुनै सल्लाह नै नगरिएको भन्दै भट्टराई पक्षले विकल्पको खोजीमा आन्तरिक छलफल थालेको हो ।

भट्टराई निकट मानिएका कार्यकारिणी समिति सदस्य प्रशान्त सिंहले पार्टीमा देखिएको आन्तरिक द्वन्द्वको विषयमा आफूहरु अनौपचारिक छलफलमा रहेको बताए । उनले भने, ‘यो कुनै औपचारिक छलफल होइन, साथीहरु एक ठाउँमा बसेर छलफल गरिरहका छन् । हिजो जसरी पार्टीमा घटनाक्रमको विकास भयो, त्यसले हामीलाई गम्भीर बनाएको छ, अब के गर्ने भन्ने विषयमा साथीहरुको बीचमा छलफल गरिरहेका छौं ।’

बुधबार पार्टी अध्यक्ष यादव र संघीय परिषद अध्यक्ष भट्टराईबीच छलफल भएको थियो । सो छलफलमा केन्द्रीय समितिको बैठक बस्नेबारे चर्चा नै नभएको भट्टराई पक्षका नेताको दाबी छ । तर बिहीबार असार २७ र २८ गते केन्द्रीय समितिको बैठक वीरगञ्जमा बस्ने निर्णय आएपछि आफूहरुलाई आश्चर्यचकित बनाएको भट्टराई निकट नेताहरु बताउँछन् ।

सोमबार बोलाइएको केन्द्रीय कार्यकारिणी समितिको बैठकको बारेमा पनि आफूहरुलाई जानकारी नगराएको उनीहरुको गुनासो छ । ‘बैठक आइतबार पनि बसेको थियो, सोमबार पनि बस्यो तर त्यसको बारेमा पनि हामीलाई जानकारी गराइएन,’ भट्टराई निकट एक नेताले भने, ‘असार २७ र २८ गते बैठक बस्दैछ भन्ने कुरा बुधबार भट्टराईसँग भएको छलफलमा पनि राख्दा पनि हुन्थ्यो तर सुइँको नदिइ एकाएक साँझमा केन्द्रीय समितिको बैठक बोलाइएको भनि जानकारी आयो ।’

यस्तै प्रवृतिका कारण विगतदेखि पार्टीमा विवाद हुँदै आएको ती नेताको भनाइ छ । उनले भने, ‘विवादको मुख्य जड नै उपेन्द्र यादवको एकलौटी प्रवृत्ति हो ।’

उपेन्द्र यादव पक्षले असार २७–२८ गते बैठक बोलाइसकेपछि सो बैठकमा जाने कि नजाने भन्ने विषयमा भट्टराई पक्षले निर्णय गर्दैछ । भट्टराई पक्षले छुट्टै बैठक बोलाउन सक्ने सो पक्षका एक नेताले बताए । आन्तरिक बिबादले जसपाभित्र हलचल मच्चिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal