आज :

डब्ल्युएचओको अर्को चेतावनीले विश्वभर तरंग, नेपालसहित ११० देश ‘डेन्जर जोन’मा

  • अनलाइन डबली

एजेन्सी । नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ ।

बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए ।

डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’ डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो ।

१९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबारको तुलनामा बुधबार नयाँ संक्रमितमा २८ प्रतिशतको वृद्धि भएको छ । यहाँ मंगलबार १४,५०६ नयाँ संक्रमित भेटिएका थिए ।डब्ल्युएचओको चेतावनी – महामारी समाप्त भएको छैन, ११० देशमा पुनः बढ्यो संक्रमण

नेपालमा कोरोना महामारीको संक्रमणदर पछिल्लो दुई सातामा ह्वात्तै वृद्धि भएको छ । १५ दिनको अवधिमा संक्रमणदर बढ्दै गएर अहिले ५ प्रतिशतसम्म पुगेको छ ।

बुधबार १ हजार ६२० जनाको पिसिआर परीक्षण गर्दा ६२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले महामारी अहिले नै समाप्त भइनसकेको बताए ।

डब्ल्यूएचओले भनेको छ, ‘महामारीको खतरा कम छ तर अहिले नै समाप्त भइसकेको भने छैन ।’ डब्ल्यूएचओका अनुसार विश्वका ११० देशमा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

भारतमा पनि कोरोना संक्रमितको संख्यामा दिनानुदिन वृद्धि भइरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा १८,५७८ जनामा संक्रमण देखिएको थियो । यो फेब्रुअरी १९ पछिको सबैभन्दा धेरै संख्या हो ।

१९ फेब्रुअरीमा १९,९६८ नयाँ संक्रमित भेटिएका थिए । मंगलबारको तुलनामा बुधबार नयाँ संक्रमितमा २८ प्रतिशतको वृद्धि भएको छ । यहाँ मंगलबार १४,५०६ नयाँ संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal