आज :

६५ औँ जोन्टा अन्तरार्ष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागिता

  • अनलाइन डबली

काठमाडौँ । ६५ औ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागिता हुने भएको छ ।

नेपालको तर्फबाट १५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष आभा शाह यति बेला चार दिने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जर्मनीको ह्यामबर्गमा पुगेकी छिन् ।

सम्मेलनमा झण्डै २७८५ राष्ट्रिय जोन्टा सदस्यहरुको सहभागीता रहने छ । जोन्टा एक गैर नाफा मुलक संस्था हो । यो संस्थाको सञ्जाल विश्वका ६४ वटा मुलुकमा फैलिएको छ ।

नेपालमा विगत ९ वर्ष देखि स्वाथ्य , शिक्षा ,मानवाधिकार ,समानता र आर्थिक सशत्तिकरण , बालविवाह र मानव बेचबिखन रोकथाम, लैङिगक हिंसा रोकथाम लगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।

जोन्टा अन्तर्राष्ट्रिय संस्थाको भिजन महिलाहरूलाई सेवा र वकालतमार्फत् विश्वव्यापी रुपमा सशक्तिकरण गराउनु हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal