आज :

अमेरिकाले परिवर्तन गर्यो राजदूत, र्‍यान्डी बेरीको ठाउँमा को आउदैछन् नेपाल ?

  • अनलाइन डबली

काठमाडौँ । जो बाइडेन सरकारले चैतमा नै नेपालका लागि नयाँ राजदूतका रूपमा डिन थोम्प्सनलाई सिफारिस गरेपछि वर्तमान राजदूत र्‍यान्डी बेरीलाई अफ्रिकी मुलुक नामिबिया पठाउने भएको छ । बेरीले नेपालमा झन्डै चार वर्ष बिताए ।

दूतावासमा बेरीका उपनियोग प्रमुखका रूपमा काम गरेका मानुएल पी. मिकलरलाई पनि बाइडेनले ताजकिस्तानको राजदूत सिफारिस गरेको छ ।

बेरी र मिकलरलाई यसै साता नामिबिया र ताजकिस्तानका लागि राजदूतका लागि सिफारिस गरिएको हो । नेपाल आउन लागेका थोम्प्सन करिअर मिनिस्टर दर्जाका वरिष्ठ परराष्ट्र सेवाका करियर सदस्य हुन् ।

कूटनीतिज्ञका रूपमा उनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन् । अहिले उनी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा ‘प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी’ का रूपमा कार्यरत छन् ।

त्यसअघि उनी क्वालालम्पुरस्थित अमेरिकी राजदूतावासमा ‘डेपुटी चिफ अफ मिसन’ का रूपमा कार्यरत थिए । त्यस्तै उनले रोमानियाका लागि अमेरिकी राजदूतावासमा डेपुटी चिफ अफ मिसनकै रूपमा जिम्मेवारी सम्हालेका थिए ।

त्यसअघि थोम्प्सनले कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासमा महावाणिज्य दूतका रूपमा काम गरेका थिए । विटेनबर्ग विश्वविद्यालयबाट स्नातक उत्तीर्ण थोम्पसनले मेरिल्यान्ड विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका हुन् ।

त्यस्तै नेसनल वार कलेजबाट उनले ‘राष्ट्रिय सुरक्षा रणनीति’ मा स्नातकोत्तर पनि गरेका छन् । उनी रोमानियाली र बंगाली भाषामा पनि दख्खल राख्छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal