आज :

पत्रकार सम्मेलनमै भक्कानिएर किन राेइन मन्त्री रामकुमारी झाँक्री ? यस्तो रहेछ रहस्य

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)की सासंद रामकुमारी झाक्रीले सहरी विकास मन्त्रीबाट राजीनामा दिएकी छन्।

उनले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजीनामा दिएको घोषणा गरिन्। त्यसअगाडि नै उनले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएकी थिइन्।

बिदाई कार्यक्रममा उनी भावुक बनेकी थिइन्। झाक्रीले बारम्बार कागजले आँसु पुछिन्। उनको कार्यकालमा भएको कामको कर्मचारीले फेहरिस्त सुनाउँदा उनी आँसु खसाल्न थालिन्। आफू बोल्ने पालो आएपछि पनि उनले केही भनिनन्।

‘आगामी दिनमा पनि काम गर्दै जाउँला’, मन्त्री झाक्रीले भनिन्, ‘खासै बोल्नुपर्ने कुरा केही छैन।’ उनले बारम्बार आँसु पुछिन्। बोल्न नसक्ने अवस्था उत्पन्न भएपछि घोसेमुन्टो लगाइन्। मन्त्री झाक्रीलाई मन्त्रालयले चिनो उपहार दिएर बिदाइ गरेको छ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले राजीनामा दिएका छन्। नेकपा एकीकृत समाजवादीका सांसदसमेत रहेका मन्त्री आलेले आइतबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरि पदबाट राजीनामा दिएका छन्।

करिब नौ महिना मन्त्री भएका आलेले यसअघि आजै पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर राजीनामा पत्र बुझाएका थिए। नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री फिर्ता गरी ती ठाउँमा नयाँ मन्त्री पठाउन लागेको छ।

गत जेठ २२ मा पुराना मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन। उनले शुक्रबार पार्टीको पोलिटब्यूरो बैठकमा ४८ घन्टाभित्र आफूले मन्त्री पदबाट राजीनामा दिने बताएका थिए।

उनले राष्ट्रिय सभामा जवाफ दिएलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘मन्त्रालयका तर्फबाट राष्ट्रिय सभामा जवाफ दिएँ। मेरो दायित्व पूरा भयो। राजीनामा पत्र पार्टीलाई दिइसकेको छु। पार्टीले नै सांसद र मन्त्री बनाउने र फिर्ता पनि बोलाउन सक्ने भएकोले पार्टी निर्णय स्वीकार्य छ।’

उनले आफूले राम्रो काम गरेको पनि बताए। पार्टीलाई पठाएको राजीनामा पत्र त्यहाँबाट प्रधानमन्त्री कार्यालयमा जाने पनि उनले बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal