आज :

अखिल क्रान्तिकारीले तीन महिने अभियान संचालन गर्ने, २७ विभागले पनि पाए पूर्णता

  • अनलाइन डबली

काठमाडौँ । अनेरास्ववियु (क्रान्तिकारी)ले ३ महिने अभियान संचालन गर्ने निर्णय गरेको छ । त्यसको लागि प्रदेश इन्चार्ज र प्रमुख समेत तोकेको छ । संगठनको तेस्रो केन्द्रीय समितिको पूर्ण बैठकले अभियानको लागि देशभरिका १९ वटा कमान्ड सञ्चालनका लागि इन्चार्ज उपाध्यक्ष रहने र अभियानको प्रमुखमा सचिव र आयोगका प्रमुख, उपप्रमुखबाट गर्ने निर्णय गरेको छ ।

अध्यक्ष पञ्चा सिंह र महासचिव दिपेश पुनले विज्ञप्ति जारी गरेर बैठकका निर्णय सार्वजनिक गरेका छन् । विज्ञप्तिमा हरेक प्रदेशका जिल्लालाई दुई क्लस्टरमा विभाजन गर्दै इन्चार्ज तोकिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा बैठकमा संगठनका महासचिव कमरेड दिपेश पुनद्वारा विद्यार्थीसँग अखिल (क्रान्तिकारी) अभियानको ३ महिने कार्ययोजना र संगठन परिचालन कार्यविधि, कार्य सम्पदान मूल्यांकन कार्यविधि, अनुशासनसम्बन्धी आचारसंहिता प्रस्तुत गर्न काम भयो भने आवश्यक संशोधनसहितको कार्ययोजना बैठकले संशोधनसहित पारित गर्ने निर्णय गरेको बताइएको छ ।

त्यसैगरी बैठकले त्रिभुवन विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयमा लामो समयदेखि सम्पन्न हुन नसकिरहेका स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई संघीय र प्रादेशिक निर्वाचन अगावै सम्पन्न गर्ने माग पनि गरेको छ ।

केन्द्रीय समितिको पूर्णताका लागि केन्द्रीय सदस्य र २९९ को एकतिहाइ सचिवालय सदस्य मनोनयन गर्ने निर्णय पनि भएको छ। त्यसैगरी २७ वटा विभागले पनि पूर्णता पाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal