आज :

समस्याको दलदलमा फसेको नेपाल वायुसेवा निगमको जिम्मेवारी पाइलट दीपको काँधमा

  • अनलाइन डबली

काठमाडौँ । नेपाल वायुसेवा निगमको जिम्मेवारी वरिष्ठ पाइलटको काँधमा आएको छ । सरकारले निगमको महाप्रवन्धकमा दीप ज्वारचनलाई नियुक्त गरेको थियो । आजै ज्वारचनले पदभार ग्रहण गरेका छन् । उनलाई असार ६ गतेको मन्त्रिपरिषदले नियुक्त गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ज्वारचनलाई नियुक्ती गरिएको पत्र दिएको थियो । मन्त्रालयले नेपाल वायुसेवा निगम २०१९ को दफा १२ बमोजिम अस्थायी नियुक्त गरेको जनाएको छ । सरकारले युवराज अधिकारीलाई निलम्बन गरेसँगै निगमको नेतृत्वविहीन बनेको थियो ।

पदभार ग्रहण गर्दै ज्वारचनले सबैबाट पूर्ण सहयोग अपेक्षा गर्दै आफूले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना ल्याउने बताए । यसको कार्यान्वयन गर्न रणनीति तथा कार्ययोजना बनाएर सबैको साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal