
धनगढी । नेपाल कम्युनिस्ट पार्टीका राजनैतिक प्रशिक्षण सुरु भएको छ । विहीबार विहानबाट सुदूरपश्चिमस्तरिय राजनैतिक तथा वैचारिक प्रशिक्षण सुरु भएको हो । सेती महाकालीका ९ वटै जिल्लाका अगुवा कार्यकर्ता प्रशिक्षणको लागि हिजो साँझ नै धनगढी पुगेसकेका थिए ।
पार्टी विभाजनपछि बसेको केन्द्रीय समितिको निर्णय अनुसार महासचिव विप्लवले देशभरका कार्यकर्ताहरुलाई राजनैतिक तथा वैचारिक प्रशिक्षण चलाइरहेका छन् । कर्णालीको जुम्मा कर्णालीको प्रशिक्षणपछि अछाम हुँदै विप्लव कैलाली पुगेका हुन् ।
होटल रुबसमा जारी कार्यक्रममा अहिले विप्लवको राजनीतिक प्रतिवेदन वाचन भइरहेको छ । त्यसपछि सचिवालय सदस्य सन्तोष बुढामगर र महासचिव विप्लवले प्रशिक्षण दिने कार्यतालिका रहेको नेकपाले जनाएको छ । कार्यक्रममा ६ सय जनाको उपस्थिति रहेको नेकपाका एक नेताले बताए ।
महासचिव विप्लवले अछाममा बाेल्दै जनताकाे चाहनाअनुसार चुनावबारे धारणा बनाउने बताएका थिए । यसलाइ विप्लव संघ र प्रदेशकाे चुनावमा पनि सहभागी हुने संकेतकाे रूपमा अर्थ लगाएका छन् । अाजकाे कार्यक्रममा विप्लवले के भन्छन् सबैले चाँसाे राखेका छन् ।