आज :

ह्वात्तै घट्यो बङ्गुरको मासुको मूल्य, धमाधम दुई सयमा बिक्री

  • अनलाइन डबली

कञ्चनपुर । कञ्चनपुरमा बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजारको समस्या देखा पर्न थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालकले सस्तोमै बङ्गुर र पाठा बिक्री गर्न बाध्य छन् ।

केही दिनअघि मात्रै रु चार हजारमा बिक्री हुने बङ्गुरका पाठाको मूल्य घटेर रु दुई हजारमा झरेको छ । बङ्गुरको मासु रु २८० प्रतिकिलोका हिसाबले बिक्री हँुदै अएकामा घटेर रु दुई सय पुगेको छ ।

“पहिले बङ्गुर र पाठा खरिदका लागि व्यापारी घरसम्मै आउँथे,” एक दशकदेखि बङ्गुरपालनको कार्यमा लागेका शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान तेजबहादुर चौधरीले भने, “यस वर्षको अहिलेसम्म बङ्गुर खरिदका लागि व्यापारी पुगेका छैनन् । बजार खोज्दै हिँड्नु परेको छ ।”

चौधरीको फार्ममा पाठा र माउ गरी ५० बढी बङ्गुर रहेका छन् । बङ्गुर बेचेरै उनले वार्षिक रुपमा तीन लाख बढी आम्दानी गर्दै आएका छन् । यहाँका किसानले ड्युरेक, पाख्रिवास, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गरेका छन् ।

“दुई वर्ष कोरोना सङ्क्रमणका कारण बङ्गुरपालन व्यवसाय प्रभावित बन्यो”, चौधरीले भने, “कोरोनाको सङ्क्रमण कम भएसँगै व्यवसाय अगाडि बढ्नेमा आशावादी थियौँ ।”

बङ्गुरपालन व्यवसायमा संलग्न किसान रुपा चौधरीले बङ्गुरपालन गर्ने धेरै र बजार साँघुरो भएपछि निकै समस्या भएको बताए । उनले यहाँ पालिएका बङ्गुर कैलाली, बझाङ, अछामसम्म पुग्ने गरेको जानकारी दिए । चौधरीले भने, “हाल बङ्गुरको माग घटेपछि लागत खर्च उठाउनसमेत हम्मे हम्मे छ ।” बङ्गुरलाई खुवाउने चारो, औषधि लगायतमा धेरै खर्च हुने गरेको उनको भनाइ रहेको छ ।

बजारमा बङ्गुरको माग थोरै छ । प्रतिस्पर्धा धेरै छ । त्यसै कारणले वर्षौंदेखि बङ्गुरपालन गर्दै आएका व्यापारीले व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको दीपक चौधरीले बताए ।

बङ्गुरको बजार प्रवद्र्धनका लागि स्थानीय तह र सम्बद्ध सरकारी निकायले सहयोग गर्नुपर्ने बङ्गुरपालकहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal