आज :

जंगली हात्तिको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु, कसरी भएको थियो घटना ?

  • अनलाइन डबली

कैलाली । जंगली हात्तिको आक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु भएको छ । कर्णाली नदीको सनकट्टी तटबन्धनमा मजदूरी काम गरेर फर्किने क्रममा हात्तिले हमला गरेको थियो ।

हात्तिको आक्रमणबाट टीकापुर -१ ब्लक न.१६ की टंक सोडारीको मृत्यु भएको हो । टिकापुर अस्तालका अध्यक्ष झपट बहादुर सोडारीका अनुसार सो क्षेत्रको कैलालीतिर तटबन्धनको काम भइरहेको र केही दिनदेखि टंक मजदूरी गर्न जाने गरेकी थिइन् ।

सधैंजसो शनिबार करिब ५ः३० बजेतिर घर फर्किने क्रममा हात्तिले आक्रमण गरेको हो । घर फर्कने क्रममा जंगलबाट दुई हात्ति आएर टंकलाई लखेटेका थिए । सँगै भएका अरु भाग्न सफल भएको बताइएको छ ।

टंकका राकेश र दमन दुई छोरा छन् । उनीहरुको आज अन्त्येष्टी गर्ने तयारी भइरहेको छ ।

बर्दिया र कैलालीमा बर्षेनी जंगली हात्तिको आक्रमणबाट दर्जनौं नागरिकको ज्यान गइरहेको छ । केही दिन पहिले मात्रै हात्तिबाट सुरक्षाको माग गर्दा बर्दियामा प्रहरीले एक जना महिलाको गोली हानी ह’त्या गरेको थियो । राष्ट्रिय निकुञ्जबाट निस्केर हात्तिले बालीको नष्ट गर्नुको साथै मानिसमाथि आक्रमण गर्दै आएको छ ।

यसैगरी शनिबार नै कैलालीमा मलामी गएका एक पुरुषको नहरमा डुबेर मृत्यु भएको थियो । मोहोन्याल गाउँपालिका वडा नम्बर ३ बस्ने ३६ वर्षीय गंगा सकारीको मृत्यु भएको हो।

प्रहरीका अनुसार आफन्तको मलामी गएका गंगा उनको रानीजमरा सिँचाई आयोजनाको नहरमा नुहाउँने क्रममा बुडेका थिए । उनलाई बचाउन अरुले प्रयास गर्दा पनि नकेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal