आज :

धनगढीका लागि उडेको देउवा सवार हेलिकप्टरमा इन्धन सकिएपछि अन्तै पुग्यो, केछ अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टरको इन्धन सकिएपछि गन्तब्यमा पुग्न सकेन ।

उक्त हेलिकप्टर शुक्रवार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा झरेको बताए ।

‘लङ रूट भएपछि हेलिकप्टर भैरहवा अवतरण गरी रिफ्युल गरिएको हो । उहाँ एयरपोर्टमै १५–२० मिनेट बस्नुभएको थियो,’ एसपी रेग्मीले भने ।

देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए । देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढीतिर लागेका हुन् । एयरपोर्टमा रूपन्देहीका कांग्रेसका जिल्लास्तरीय नेताहरूले भेटघाट गरेका थिए ।

विमानस्थलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खानले देउवासंग भेट गरेका थिए ।

त्यस्तै सिद्धार्थनगरका सभापति कोशिसबहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुुरूङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवं पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतले पनि देउवासँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal