आज :

आजबाट मतदाता नामवाली संकलन सुरु, जो जहाँ छ त्यहीबाट भर्न सकिने

  • अनलाइन डबली

काठमाडौं । आजबाट मतदाता नामावाली संकलन कार्य पुनः सुरु हुने भएको छ । स्थानीय तह निर्वाचनका कारण स्थगित गरिएको आजबाट ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै माघ २५ गतेबाट गतेदेखि मतदाता नामावली संकलन स्थगित गरिएको थियो । सरकारले माघ २४ गते बैशाख ३० मा स्थानीय तह निर्वाचनको मिति घोषणा गरेको थियो ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पुनः सुरु गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्मा पौडेलले बताएका छन् । प्रवक्ता पौडेलले भने ‘निकट भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने सम्भावना छ, त्यो निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि ७७ वटै निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य सुरु हुन्छ ।’

विभिन्न पेशा व्यवसाय तथा अध्ययनको सिलसिलामा आफ्नो स्थायी ठेगानाभन्दा अन्यत्र अस्थायी रुपमा बसोबास गरेकाहरुले पनि आफू बसेकै स्थानबाट मतदाता नामावलीसम्बन्धी फारम भर्न सकिने छ । तर उनीहरुले मतदान भने आफ्नो मतदाता नामावली जहाँ छ त्यहींबाटै गर्नुपर्ने छ ।

आयोगका अनुसार आफ्नो नाम, थर, लिंग, जन्मस्थान लगायतको कुनै पनि विवरणमा त्रुटी भएको भए यही बेला त्यसलाई यही बेला सच्याउन र आफूलाई पायक पर्ने मतदान केन्द्रमा मतदाता नामावली स्थानान्तरण गर्न पनि सकिने छ । यसैगरी मतदाता नामावली अध्यावधिकको काम पनि सबै निर्वाचन कार्यालयहरुबाट हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal