आज :

अर्थमन्त्रीले पार्टीकाे याेजनामै काम गरिरहनु भएकाे छ, फिर्ता बाेलाउने योजना छैनः प्रचण्ड

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले अर्थमन्त्री फेर्ने पार्टीको योजना नरहेको बताएका छन् । अर्थमन्त्री प्रभाकरको राजीनामा मागेरको भनेर चलाइएको हल्ला षड्यन्त्र भएको बताउँदै प्रचण्डले त्यसबारे पार्टीमा कुनै छलफल नभएको बताए ।

पार्टीका कार्यक्रममा बर्दियामा रहेका प्रचण्डले अर्थमन्त्रीको राजीनामा मागेको भनेर चलाइएको हल्ला नियोजित र षड्यन्त्रपूर्वक ढङ्गले आएको बताए । उनले अहिले कुनै पनि मन्त्रीलाई फिर्ता बोलाउने पार्टीको नीति समेत नरहेको बताए ।

केही संचारमाध्यमहरुले अर्थमन्त्री प्रभाकरलाई बोलाएर राजिनामा मागेको समाचार सम्प्रेशरण गरेका थिए । “अर्थमन्त्री फिर्ता बोलाउने भनेर जेजे हल्ला चलाइएको छ । यो बदनाम गर्न फैलाएको अफवाह र पार्टीविरुद्धको षडयन्त्र हो” प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी र सरकारमा गएका मन्त्रीहरू बदनाम गर्न षड्यन्त्रपूर्वक ढङ्गले यस्ता हल्लाहरू चलाइएको हुनसक्ने बताए ।
प्रचण्डले अर्थमन्त्रीसँग भएको भेटमा पार्टी संगठन कसरी मजबुत बनाउने भन्ने विषयमा कुराकानी भएको बताए । अर्थमन्त्रीले अहिले पार्टीको नीति अनुसार नै काम गरिरहेको बताउँदै प्रचण्डले हटाउनुपर्ने कुनै कारण नभएको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal